कुप्रथाप्रति सशक्त प्रहार हो, ‘झोला’



विजयरत्न तुलाधर। मूर्धन्य साहित्यकार कृष्ण धरावासीले लेख्नु भएको कथा ‘झोला’ मा एउटा नेपाली चलचित्र बनेको छ । नेपालमा केही चलचित्र साहित्यिक कृतिको आधारित भएर बनेका छन् । ती मध्ये केही नयाँ उदाहरणहरु भनेको मसान, शिरिषको फूल र झोला हुन् । साहित्यिक कथामा बनेका चलचित्रहरु अक्सर आलोचनाको शिकार हुने गर्छन् । तर ‘झोला’ यसको अपवादको रुपमा अगाडि आएको छ । पत्रकारबाट निर्देशक बन्नु भएका यादव भट्टराईको यो पहिलो निर्देशकिय प्रयास हो र पहिलो प्रयासमा नै उहाँले एउटा गम्भीर विषयमाथि चलचित्र बनाउनु भएको छ ।

नेपालको राणाकालिन ग्रामीण परिवेशलाई पर्दामा उतार्ने प्रयास गरिएको ‘झोला’ चलचित्रमा राणा प्रधानमन्त्री चन्द्र शम्शेरले सती प्रथा उन्मुलन गरेको घोषणा गर्नुभन्दा अगाडिको खस ब्राम्हण समाजमा विद्यमान रहेको सती कुप्रथामाथि चोटिलो प्रहार गर्न खोजिएको छ । प्रस्तुत चलचित्रको कथा अनुसार आफूभन्दा धेरै कम उमेरकी श्रीमति भित्र्याउने एक वृद्धाको निधन पछि उनकी श्रीमति सती जानुपर्ने हुन्छ । एकातिर वृद्धाका ठूल्ठूला छोराहरु छन् र तिनीहरुको तर्फबाट नातिनातिना पनि छन् भने अर्कोतिर वृद्धाको कान्छी श्रीमतिको तर्फबाट पनि एक जना छोरा छन्, जो उनका नातिहरुभन्दा कान्छो उमेरका छन् । बुबाको मृत्युपछि आˆनी आमा पनि आगोमा जिउँदै होम्मिएको दुर्दान्त दृश्य आफ्नै आाखाले देखेका त्यो सानो बालकको मनमष्तिस्कमा त्यो घटनाले नराम्रो असर पार्दछ । उ आफुलाई क ख लेख्न सिकाउने बुबा र मातृस्नेह दिने आमालाई सम्झेर एक्लै रुन बाध्य हुन्छ ।

jhola-article

‘झोला’ चलचित्रमा पतिको मृत्यु हुादा पत्नी सती जानु पर्ने तर पत्नीको मृत्यु हुादा पुरुषले जस्तोसुकै उमेरमा पनि अर्की श्रीमति ल्याउन सक्ने समाजको विभेदकारी प्रथामाथि गहिरो कटाक्ष गर्न खोजिएको छ । र यसमा कथाकार कृष्ण धरावासी र निर्देशक यादवकुमार भट्टराई सफल भएका छन् । पतिको चितामा दन्दनी बलेको आगोमा होम्मिएर आगोले पोल्दाको पीडाले गर्ने क्रन्दन अरु कसैले नसुनो भन्ने हेतुले चर्को आवाजमा पञ्चेबाजा धन्काउादा जोकोहीको आाखा पनि सजिलै रसाएर आउाछ । चलचित्रका अन्य सशक्त प्रसङ्गहरुको चर्चा गर्दा पतिको मलामिमा रातो पहिरनमा सजिएर पछि लागेकी नारी चिताको अगाडि पुग्दा त्यो पहिरन फुकालेर सर्वाङ्ग नग्न भई चितामाथि बस्ने प्रसङ्ग अनि बुबा र आमा दुवै आफ्नो आाखा अगाडिबाट विलिन भईसके पछि टुहुरो बनेका बालकले आˆना अभिभावकहरुलाई समझिँदाको प्रसङ्ग अत्यन्त संवेदनशील छ । यसमा यस्ता मार्मिक प्रसङ्गहरु धेरै छन् ।

त्यी प्रसङ्गहरुमा पनि भक्कानो फुटाउने शक्ति छ । निर्देशकले सती जानका लागि नग्न बनेकी नारीको संवेदनालाई सशक्त रुपमा चित्रण गरेकोले त्यो कलात्मक प्रतिबिम्ब देखिएको छ । त्यसमा कुनै अशोभनीयता कतै पनि देखिंदैन । बालकले खेल्दै गर्दा बनाएको घर अनायास भत्कनु र घरको खोपिमा बालेर राखिएको दियो निभ्नुलाई घरको मूलीको देहावसानको प्रतिबिम्बको रुपमा प्रयोग गरेर निर्देशकले आफ्नो अभिव्यक्तिको कौशलताको प्रदर्शन गर्नु भएको छ ।

यसरी एउटा उल्लेखनीय चलचित्र बनाउन सफल हुनु भएका निर्देशकले केही सामान्य प्रसङ्गहरुमा त्यति गहिरीएर ध्यान दिन नसक्नु आश्चर्यलाग्दो छ । सती जाने क्रममा पतिको चिताको दन्दनी बलेको आगोबाट हाम्फालेर भागेकी नारी पछि जङ्गलमा भेटिंदा उनको शरीरमा पोलेको कुनै पनि सङ्केतसम्म पनि नदेखिनु आश्चर्य लाग्दो छ । अनि यसैगरी घर फर्केका बालकले आफ्नो घरको आगनमा बुबाको चिता देख्नासाथ आफ्नी आमा अब सती जाने भई भनि कसरी थाहा पाए भन्ने कुरा खुलाएको छैन ।

jhola-article1

चलचित्रको मूल कथा राणाकालिन ऐतिहासिक परिवेशमा भए पनि चलचित्रको आरम्भ र अन्त्य आधुनिक परिवेशमा राखिएको छ । र यसमा लेखक कृष्ण धरावासी स्वयंले आफ्नै चरित्र निर्वाह गर्नु भएको छ । उहाँले आफु अफिसबाट फर्कँदै गर्दा बाटोमा एउटा बेवारिसे झोला फेला परेको र त्यसमा बम हुन सक्ने आशंकाले सुरक्षादस्ता त्यो बम निष्क्रिय पार्ने प्रयत्नमा लागि रहेको घटना देख्नु हुन्छ । र घर पुग्दा उहाँको घरमा पनि एउटा बेवारिसे झोला देख्दा आश्चर्यमा पर्नु हुन्छ । उहाँकी श्रीमतिले त्यो झोला उहाँको कोही परिचित भनाउादो व्यक्तिले दिएर गएको भनि बताउनु भएको भनि देखाइएको छ । र लेखकले कौतुहलतावश त्यो बेवारिसे झोला खोलि हेर्ने प्रसङ्ग चलचित्रमा राखिएको छ । चलचित्रको शिर्षक ‘झोला’ राख्नुको कारण पनि यिनै बेवारिसे झोलासँग जोडिएको छ । अन्यथा चलचित्रको मूल कथासँग झोलाको कुनै नातासम्बन्ध छैन ।

अभिनयको दृष्टिले चर्चा गर्दा वृद्धाको मृत्यु पछि सती जाने कान्छी श्रीमतिको भुमिकामा देखिनु भएकी गरिमा पन्तले भुमिकालाई आफ्नो सशक्त अभिनयले जीवन्त पार्नुभएको छ । गरिमाको अभिनय क्यारियरको यो एउटा कोशेढुङ्गा नै भने पनि फरक पर्ने छैन । अशक्त वृद्धाको रुपमा अभिनेता दीपक क्षेत्री पनि भुमिकामा एकदम उचित छनौट ठहरिएको छ । आफुभन्दा कम उमेरकी आफ्नी जेठानीसँग पहिला बाझाबाझ गरीरहने तर पछि तिनै जेठानी सती जानुपर्ने हुँदा, त्यो कुरा भनेको समाजले नारीमाथि गरेको विभेद हो भनि आवाज उठाउने पात्रका रुपमा देखिनु भएकी लक्ष्मी गिरीले जीवन्त अभिनय गर्नु भएको छ ।

देशभक्त खनाल, प्रल्हाद खतिवडा लगायत संक्षिप्त भुमिकामा देखिएका सन्तु तामाङ्ग, विपना बस्नेत प्रभावशाली छन् भने अभिनेताका रुपमा कृष्ण धरावासी र मञ्जु विमलीको अभिनयमा खोट लगाई हाल्ने ठाउँ देखिंदैन, तर प्रसंशनीय पनि छैन । बाल कलाकार सुजन नेपालले बाल सुलभता र संवेदनालाई कुशलतापूर्वक प्रदर्शन गरेका छन् ।

सन्तु तामाङ्गको श्रृंगार, उद्धव भट्टराई जुंगेको भेषभुषा संयोजन, सन्तोष लामाको कला निर्देशन यो चलचित्रको सशक्त पक्ष हो र उहाँहरुको काम प्रसंशनीय छ तर सबैभन्दा प्रसंशनीय पक्ष भनेको यसको छायाङ्कन पक्ष हो । दीपक बज्राचार्यले कथाको संवेदनशीलतालाई छायाङ्कनको माध्यमबाट प्रभावशाली बनाउनु भएको छ भने उहाँ ईतिहासको त्यो पानालाई सजिव रुपमा उतार्न सफल हुनु भएको छ । कृष्ण धरावासीले यो कथा लेख्दा यसमा चलचित्र बन्नेछ भनि सोच्नु भएको थिएन तर चलचित्र बनिसकेपछि भने उहाँले आफ्नो कथामाथि न्याय भएको छ भनि भन्नु भएको छ ।

साहित्यिक कृतिमा बनेका अरु नेपाली चलचित्रहरुको हकमा स्वयं साहित्यकारले यसरी प्रसंशा गरेको त्यत्ति सुन्न पाएको छैन । यसरी हेर्ने हो भने पनि ‘झोला’ नेपालको चलचित्र ईतिहासमा एउटा अमिट छाप छोड्न सक्ने सम्भावना भएको चलचित्र बनेको छ । आफै एक अभिनेता भएर पनि राज तिमल्सिनाले यसमा अभिनय गर्नु भएको छैन । उहाँको यो त्याग पनि चलचित्रका सबै पक्ष प्रति न्याय गर्ने लालसा हो भनेर बुझ्न सकिन्छ । राज तिमिल्सना, रामगोपाल थापा, सुशील शाह र उत्तमकुमार श्रेष्ठ लगायतका लगानीकर्ताहरु र निर्देशक यादव भट्टराईको यो प्रयास प्रसंशनीय छ

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu