चलचित्रमा काम गर्दै पल र मलिका



म्यूजिक भिडियोमा निकै रुचाइएको पल शाह र मलिका महतको जोडीलाई अब सिल्भर स्क्रिनमा पनि हेर्न पाइने भएको छ । ‘फुलबुट्टे साडी र टाढा भए पनि’ गरी दुईवटा म्यूजिक भिडियो बनाएको केन्द्र मोशन पिक्चरस्ले उनीहरुलाई लिएर चलचित्र निर्माण गर्न लागेको हो । हाल पोखरामा चलचित्रको स्क्रिप्टमा काम भइरहेको केन्द्र मोशनका सागर लामिछाने मगरले जानकारी दिए ।

उनका अनुसार, कलाकार तथा निर्देशक माओत्से गुरुङले चलचित्रको स्क्रिप्टमा काम गरिरहेका छन् । चलचित्र पनि उनले नै निर्देशन गर्न सक्नेछन् । यस विषयमा मगरले भने- ‘हामीले माओत्से दाईलाई नै निर्देशनको प्रस्ताव राखेका छौं । उहाँले स्क्रिप्ट तयार भएपछि सोच्नेछु भन्नुभएको छ ।’ अबको ६ महिनाभित्र स्क्रिप्टलाई ‘लक’ गरेर छायांकनमा निस्कने तयारीमा निर्माण टिम छ ।

केही दिनमा दुई/तीनवटा स्क्रिप्टको वानलाइन पल र मलिकालाई सुनाइने सागरले बताए । उनले थपे- ‘ती स्क्रिप्ट भएन भने कलाकार, निर्देशक, स्क्रिप्ट राइटर र क्यामेरा म्यानको टिम बसेर अरु स्क्रिप्टमा काम गर्नेछौं । ६ महिनाभित्र ४/५ वटा स्क्रिप्ट तयार पार्नेछौं । त्यसमा जुन स्टोरी ‘ए वान’ लाग्छ त्यसैलाई फाइनल गर्नेछौं । स्क्रिप्टलाई बलियो बनाउन कुनै कसर छाड्ने छैनौं ।’

लकडाउनको समयमा सार्वजनिक भएको ‘फुलबुट्टे सारी’ गीतमा पल र मलिकाले पहिलो पटक काम गरेका थिए । यो गीतलाई यूट्युबमा अहिलेसम्म तीन करोडभन्दा बढी पटक हेरिसकिएको छ । यसपछि ‘पिएम जोडी’ ले ‘टाढा भए पनि’ बोलको गीतमा अभिनय गरे, जुन अहिले चर्चाको शिखरमा छ । यो गीतलाई पनि यूट्युब रिलिजमा १५ दिनमा एक करोड पटक हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu