‘चिसो मान्छे’ लाई घाममा नखिचिने



दीपेन्द्र के खनालको लेखन, छायांकन तथा निर्देशनमा बन्न लागेको चलचित्र ‘चिसो मान्छे’ को छायांकन सुरु भएको छ । सोमवार ललितपुरको महालक्ष्मीस्थान मन्दिरमा मुहूर्त गर्दै चलचित्रको छायांकन थालिएको हो । शर्मिला पाण्डेको निर्माणमा तयार हुने यो चलचित्रमा नायिका स्वस्तिमा खड्का, कलाकार अर्पण थापाको मुख्य भूमिका रहनेछ ।

चलचित्रमा देशभक्त खनाल, आशान्त शर्मा, झकेन वीसी लगायतका कलाकारको पनि मुख्य भूमिका रहनेछ । सुभाष भुषालको संगीत रहने यो चलचित्रलाई काठमाण्डौदेखि बाजुरासम्म खिचिनेछ । निर्देशक खनालले भने– ‘हामीले चलचित्रलाई काठमाण्डौदेखि बाजुरासम्मका विभिन्न लोकेशनमा खिच्नेछौ । चलचित्रको छायांकन यति नै दिनमा सकिन्छ भन्न सकिने अवस्था छैन ।’

चलचित्रले समाजका चिसो मानिसहरुको कथा भन्ने निर्देशक खनालले बताए । चलचित्रलाई आफूले घाममा नखिच्ने उनले बताए । चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले चलचित्रलाई शुभकामना दिएका थिए । चलचित्रलाई भदौको ११ गतेबाट रिलिज गर्ने तयारीमा निर्माण पक्ष छ । यसअघि दीपेन्द्र र शर्मिलाले बनाएको चलचित्र ‘आमा’ ले बक्स अफिसमा सुखद व्यापार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu