मिलनले गरे ‘गोर्खा वारियर २’ घोषणा



निर्देशक मिलन चाम्सले ‘गोर्खा वारियर’ लाई अर्को वर्ष निर्माण गर्ने गरी मंगलवार राजधानीको होटल र्‍याडिसनमा एक कार्यक्रमका बीच ‘गोर्खा वारियर २’ घोषणा गरेका छन् । यही फागुन २७ गतेबाट छायांकनमा जाने चलचित्रको मलेशिया, बेलायत र नेपालको सोलुखुम्बुमा छायांकन हुनेछ । अनुमानित ३ करोडको बजेटमा निर्माण हुने चलचित्रले वीर गोर्खालीहरुको कथा वाचन गर्नेछ ।

चलचित्रमा रितेश चाम्स, रेविका गुरुङ, विजय लामा, रियर राई, भुवनसिंह राई, शिशिर वाङ्देल, बुद्धी तामाङ, कविता आले, विरुप घले लगायतको अभिनय रहनेछ । चलचित्रको कथा निर्देशक चाम्सले नै तयार पारेका हुन् भने पटकथा तथा संवाद लेखनमा उनलाई गिरीराज घिमिरेले साथ दिएका छन् । सुदिप बरालले खिच्ने चलचित्रलाई सम्पादन गर्ने जिम्मेवारी अर्जुन जिसीको काँधमा छ ।

हिमाल केसीको द्वन्द्व, एलिश कार्कीको संगीत र राजेश पायल राईको स्वर रहने चलचित्रलाई २०२२ मा रिलिज गर्ने तयारीमा निर्माण टिम छ । यो चलचित्रबाट रितेश चाम्सले नायकको रुपमा डेब्यू गर्न लागेका हुन् । यस चलचित्रका लागि आफूले अभिनय र एक्सनमा निकै मिहिनेत गरेको उनले बताए । गोर्खालीको कथामा बन्न लागेको चलचित्रमा जोडिन पाएकोमा उनले खुसी व्यक्त गरेका छन् ।

‘गोर्खा वारियर’ को चार सिरिज बन्ने र पहिलो पार्टको छायांकन अर्को वर्षबाट सुरु हुने निर्देशक चाम्सले बताए । उनले भने- ‘हामीले ‘गोर्खा वारियर’ को २० प्रतिशत महत्त्वपूर्ण सिनहरुको छायांकन गरिसकेका छौं । ठूलो बजेटमा निर्माण हुने र विदेशमा खिच्नुपर्ने भएकाले यो समयमा सम्भव भएन । अहिलेको अवस्थामा चलचित्र क्षेत्रलाई उठाउन पहिला दोस्रो पार्ट बनाउन लागेका हौं ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu