प्रकाशको आभालाई ‘मुटु भरीको माया’ (भिडियो)



गायक राजु केसी र गायिका रिना केसीको स्वरमा रहेको नयाँ लोकगीत ‘मुटु भरीको माया’ सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंको सामाखुसीमा एक कार्यक्रमगरी धौलागिरी इन्टरटेन्मेन्टको युट्युव च्यानलबाट गीतको भिडियो सार्वजनिक गरियो ।

सार्वजनिक गीतमा लय, शब्द शिव हमालको रहेको छ । गीतमा एरेन्ज अर्जुन थापाको रहेको छ भने भिडियो पनि अर्जुनले नै निर्देशन गरेका हुन् । मारुनी रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीत कुमार रानाले मिक्सिङ्ग गरेका हुन् । गीतको भिडियोमा कोरियोग्राफीको जिम्मा अमोन रानाले सम्हालेका छन् भने शुशिल डागीको छायांकन छ । भिडियोमा प्रकाश सपुत र आभा थापाको अभिनय रहेको छ ।

गीत सार्वजनिक कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले टिमलाई शुभकामना दिए । साथै उनले लोकगीतलाई बचाई राख्न यस्ता गीतहरुले सदैब सहयोग गर्ने बताए । कार्यक्रममा बिशिष्ठ अतिथि यसैगीतका गीतकार तथा संगीतकार शिव हमालले आफ्नो गीत हेरेर सुनेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरे ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu