‘कबड्डी ४’ को प्रदर्शन मिति घोषणा



रामबाबु गुरुङ निर्देशित तथा निर्मित सुपरहिट चलचित्र ‘कबड्डी’ को चौथो पार्टको निर्माण अगावै प्रदर्शन मिति घोषणा गरिएको छ । गएको हप्ता सामाजिक सञ्जालको माध्यमबाट ‘कबड्डी ४’ को निर्माण घोषणा गरेका निर्देशक गुरुङले शुक्रवार अर्को वर्ष (२०७८) को असोज १५ गतेलाई प्रदर्शन मिति घोषणा गरेका हुन् । घटस्थापनाको ६ दिन अगाडि चलचित्र प्रदर्शनमा आउनेछ ।

‘कबड्डी’ का तीन सिरिजको केही महत्त्वपूर्ण सिनहरु जोडेर तयार पारिएको एक भिडियो सार्वजनिक गर्दै निर्माण टिमले ‘कबड्डी ४’ को प्रदर्शन मिति घोषणा गरेको हो । ‘द फाइनल म्याच’ उप-शिर्षक राखिएको चलचित्रलाई ‘कबड्डी’ को अन्तिम भाग भनिएको छ । चलचित्रका तीन सिरिजमा मैयाँ पात्रका लागि पुरुष पात्रहरुले गरेको दौडधुपको कथा अब टुंग्याइने निर्देशक गुरुङले बताए ।

‘कबड्डी’ को पहिलो पार्टमा दयाहाङ राई, निश्चल बस्नेत र रेश्मा गुरुङ मुख्य भूमिकामा थिए । दोस्रो पार्टमा निश्चलको ठाउँमा सौगात मल्ल भित्रिए । तेस्रो पार्टमा विल्सन विक्रम राई, कर्मा र उपासना सिंह ठकुरी जोडिएका थिए । अब फाइनल म्याचमा ‘कबड्डी’ को कथामा जोडिएका सबै प्रमुख पात्रहरु दोहोरिने निर्माण टिमले बताएको छ । बैशाखबाट चलचित्रको छायांकन सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu