मलिकालाई ‘ओर आउन माया’ भन्दै सोनाल (भिडियो)



अभिनेत्री मोडल मलिका महत अभिनीत नयाँ म्युजिक भिडियो ‘ओर आउन माया’ सार्वजनिक भएको छ । शनिबार एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले भिडियो रिलिज गर्यो । साइरहेकी प्रेमिका फकाउन लागिपर्ने प्रेमीको कथा जोडिएको गीतको भिडियोमा मलिकासँग सोनाल तामाङले जोडी बाँधेका छन् ।

भिडियोमा सोनाल र मलिकाको केमेष्ट्रि राम्रो देखिन्छ । कलरफुल बनाइएको भिडियोलाई गोदावरी आसपास छायाँकन गरिएको छ । भिडियो सार्वजनिक कार्यक्रममा मलिकाले गीतको अडियो सुन्दा नै मनपरेको भन्दै अडियो उत्कृष्ट लागेको कारण भिडियोको लागी आफू तयार भएको धारणा राखिन् ।

सोनालले भित्री मेहनतकाबीच काम गरेको भन्दै दर्शकको साथ पाउने अपेक्षा पोखे । उनले पछिल्लो समयकी चर्चित मलिकासँग काम गर्न पाउँदा खुशी व्यक्त गरे । गीतमा स्वर निशान भट्टराई र एलिना चौहानको छ भने संगीत किरण माइकल घिमिरेले भरेका छन् । शब्द लेखनमा किरणलाई सुदिप आत्रेयले साथ दिएका छन् ।

भिडियोतर्फ निर्देशन लक्ष्मण सुनारको छ भने कोरियोग्राफी तुलसा पहाडीले गरेकी छिन् । अरोन असोककुमार सिकाले छायांकन गरेको भिडियोमा सम्पादन पदम सुवेदीको छ भने श्रृङ्गारमा निशुम सुब्बा र उनको टिम छ । भिडियोलाई रिता लामाले निर्माण गरेकी हुन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu