यस्तो छ कंगनाको ‘थलाइवी’ ट्रेलर



बलिउडकी निडर अभिनेत्री कंगाना रनावतको ३४औं जन्मदिनको अवसरमा चलचित्र ‘थलाइवी’ को ट्रेलर रिलिज गरिएको छ । अभिनेत्री तथा तमिलनाडुकी पूर्व मुख्यमन्त्री स्वं. जयललिताको जीवनीमा आधारित भएर बनेको चलचित्रको ट्रेलरमा उनको अभिनय करिअरदेखि राजनीतिमा प्रवेश गरेपछि आएका उतार-चढाव देखाइएको छ । ३ मिनेट २३ सेकेण्डको ट्रेलर दमदार छ ।

ट्रेलरमा विधानसभामा डिएमकेका संसदले जयललितामाथि गरेको अभद्र व्यवहारको दृश्य पनि देखाइएको छ । कंगनामाथि फिल्मांकन गरिएको डाइलगले महिला सशक्तिकरणको झलकसँगै महिलाको तागत देखाउँछ । चलचित्रमा कंगना दुरुस्तै जयललिता देखिएकी छन् । उनको अभिनय बुलन्द छ । उनले चलचित्रका लागि २० केजी तौल बढाएर केही महिनामा त्यति नै घटाएकी थिइन् ।

ए. एल विजयको निर्देशनमा बनेको चलचित्रमा कंगनाका अलावा अरविन्द स्वामी, नसर, भाग्यश्री, राज अर्जुन र मधु बालाको पनि मुख्य भूमिका छ । हिन्दी, तमिल र तेलुगू भाषामा निर्माण भएको चलचित्र २३ अप्रिल २०२१ मा प्रदर्शनमा आउँदैछ । चलचित्रको ट्रेलर सार्वजनिक भएसँँगै दर्शकबाट उत्कृष्ट प्रतिक्रिया मिलेको छ । दर्शकहरुले ट्रेलर हेरेरै चलचित्रलाई ब्लकबस्टर भनेका छन् ।

ट्रेलर :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu