‘आरआरआर’ मा अजय देवगनको यस्तो लुक्स



निर्माण अगावैदेखि चर्चामा रहेको एसएस राजामौली निर्देशित चलचित्र ‘आरआरआर’ का लागि अभिनेता अजय देवगनको फर्स्टलुक सार्वजनिक भएको छ । राजामौलीले शुक्रवार सामाजिक सञ्जालमा मोसन पोस्टर सार्वजनिक गर्दै अजय देवगनलाई जन्मदिनको शुभकामना दिएका छन् । उनले लेखेका छन्, ‘लोड एम सुट । ऊ आफ्ना व्यक्तिहरुलाई सशक्त बनाएर जित हासिल गर्दछ ।’

भिडियोमा अजय देवगनलाई एक योद्धाको रुपमा चित्रित गरिएको छ । पोस्टर सार्वजनिक भएसँगै उनको लुक्सको तारिफ भइरहेको छ । यो उनको पहिलो तेलुगू चलचित्र हो । चलचित्रमा राम चरण, जूनियर एनटीआर, आलिया भट्ट र श्रिया सरनको पनि मुख्य भूमिका छ । चलचित्रको कहानी १९२० को दशकका क्रान्तिकारी अल्लूरी सीतारामा राजू र कोमाराम भीममाथि आधारित छ ।

यो चलचित्र १३ अक्टोबरमा ५ हजार बढी स्क्रिनमा रिलिज हुँदैछ । दर्शकहरु लामो समयदेखि ठूलो स्केलको लार्जर देन लाइफ फिल्मको प्रतिक्षा गरिरहेका छन् । यो चलचित्रले दर्शकको भोक मेटाउने अपेक्षा गरिएको छ । चलचित्रको नर्थ इन्डिया राइट्स ४७५ करोडमा विक्री भइसकेको छ । यसमा थिएटर, इलेक्ट्रनिक, सेटेलाइट, डिजिटलसँगै अब्रोड मार्केटको पनि राइट्स सामेल छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu