‘राधे’ रिलिज नसर्ने



भारतमा कोरोना भाइरस भयावह रुपमा फैलिएको छ । एक दिनमै २ लाखभन्दा बढी संक्रमित भेटिन थालेपछि भारतका कयौं राज्यमा लकडाउन समेत गरिएको छ । यस्तो अवस्थामा अभिनेता सलमान खानले बुधवार आफू अभिनीत नयाँ फिल्म ‘राधे : योर मोस्ट वान्टेड भाई’ निर्धारित मितिमै प्रदर्शन गर्ने घोषणा गरेका छन् । बिहीवार चलचित्रको ट्रेलर रिलिज गर्ने तयारी गरिएको छ ।

१३ मेमा थिएटरसँगै डिजिटल प्लेटफर्ममा चलचित्र एकसाथ रिलिज हुनेछ । जी स्‍टूडियोजका सीबीओ शारिक पटेलले भनेका छन्, ‘हामीले ओटीटी प्लेटफर्म जीप्‍लेक्‍समा पनि चलचित्र रिलिज गर्दैछौं । ४० ओभरसिज मार्केटमा जहाँ-जहाँ हलहरु खुलेका छन्, त्यहाँ पनि चलचित्र रिलिज गर्नेछौं । यदी हामीले यो चलचित्र सिनेमा हलमा रिलिज गरेनौं भने सलमानका फ्यानमाथि धोका हुनेछ ।’

जी स्टूडियोजले यो चलचित्रको सेटेलाइट, थिएट्रिकल, डिजिटल र म्यूजिक राइट्स २ सय ३० करोडमा किनिसकेको छ । प्रभु देवा निर्देशित चलचित्रमा ज्याकी श्राफ, दिशा पाटनी र रणदीप हुड्डाको पनि मुख्य भूमिका रहेको छ । चलचित्रमा सलमान पुनः एकपटक प्रहरीको भूमिकामा देखिँदैछन् । ‘राधे’ कोरियन चलचित्र ‘द आउटलज’ को हिन्दी रिमेक रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu