यस्तो छ सलमानको ‘राधे’ ट्रेलर



अभिनेता सलमान खान स्टारर चलचित्र ‘राधे : योर मोस्ट वान्टेड भाई’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर एक्सनले भरिएको छ । प्रभु देवा निर्देशित चलचित्रमा सलमान स्पेशल कपको भूमिकामा छन्, जसलाई मुम्बईमा फैलिएको ड्रग्सको धन्दा र क्राइम रेटको न्यूनिकरणको जिम्मेवारी सुम्पिएको हुन्छ । ट्रेलर हेर्दा २००९ मा रिलिज भएको चलचित्र ‘वान्टेड’ को झल्को आउँछ ।

ट्रेलरमा सलमानले पुलिसको बर्दी विना अपराधिक क्रियाकलाप गर्नेको ठेगान लगाएका छन् । चलचित्रमा अभिनेत्री दिशा पाटनीसँग सलमानको जोडी बाँधिएको छ भने अभिनेता रणदीप हुड्डा भिलेनको भूमिकामा छन् । गोविन्द नामदेव र ज्याकी श्राफको पनि चलचित्रमा अभिनय रहेको छ । इदको छेको पारेर यही १३ मेमा थिएटरसँगै डिजिटल प्लेटफर्ममा चलचित्र एकसाथ रिलिज हुनेछ ।

कोरोनाका कारण भारतका कयौं राज्यमा सिनेमा हल आंशिक रुपमा बन्द छन् । यसका बावजूद पनि सलमानले ‘राधे’ लाई यसै वर्षको इदमा रिलिज गर्ने फैसला लिएका छन् । पोस्ट प्रोडक्सनकै क्रममा जी स्टूडियोजले यो चलचित्रको सेटेलाइट, थिएट्रिकल, डिजिटल र म्यूजिक राइट्स २ सय ३० करोडमा किनेको थियो । योसँगै चलचित्रको लगानी सुरक्षित भएको बताइएको छ ।

ट्रेलर हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu