आर्यनले नम्रतालाई किन अपनाउन सकेनन् ?



november-rain-teaser

चैत्र १४ मा प्रदर्शनमा आउन लागेको चलचित्र ‘नोभेम्बर रेन’को अफिसियल टिजर सार्वजनिक भएको छ। यसअघि ‘मेरो एउटा साथी छ’ मा देखिएको आर्यन र नम्रताको जोडी सहित छिल्टुम गुरुङ्को मुख्य अभिनय देखिने यो टिजर वियोगान्त श्रेणीमा बनाईएको छ।

तीन मुख्य कलाकार लाई नै वियोगान्त क्षणमा देखाईएको टिजर आधा मिनेटको छ। दिनेश राउतले निर्देशन गरेको ‘नोभेम्वर रेन’लाई आर्यन सिग्देल इन्टरटेनमेण्टको प्रस्तुतीमा सुवास गिरीले बनाएका हुन्।  प्रेमकथामा आधारित रहेर तयार गरिएको यो चलचित्रलाई राजेश सिंहले खिचेका हुन भने चलचित्रको सम्पादन सुरेन्द्र पौडेलले गरेका छन् ।

चलचित्रमा हिमाल केसीको द्वन्द्व तथा ताराप्रकाश लिम्बुको संगीत रहने छ । यो चलचित्रको कथा चेतन गुरुङले लेखेका हुन् ।

Watch the teaser here:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu