रहेनन् बलिउड अभिनेता दीलिप कुमार



बलिउडका सफल अभिनेता दीलिप कुमारको बुधवार विहान निधन भएको छ । ९८ वर्षको उमेरमा उनको मुम्बईको एक अस्पतालमा उपचारको क्रममा विहान ७ः३० बजे निधन भएको हो । बलिउडका ‘ट्रेजेडी किङ’ को रुपमा चिनिने उनी लामो समयदेखि विरामी थिए । गएको एक महिनामा उनी दुईपटक अस्पताल भर्ना भएका थिए । उनको निधनले बलिउड शोकमा डुबेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, कांग्रेस नेता राहुल गान्धीका साथै बलिउडका कलाकारहरुले उनको निधनप्रति शोक व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । दीलिप कुमारले चलचित्र ‘ज्वार भाटा’ बाट नायकको रुपमा डेब्यू गरेका थिए । सन् १९४७ मा रिलिज भएको चलचित्र ‘जुगनू’ ले भने उनलाई ख्याती दिलायो । आफ्नो करिअरको दौरान उनले ६० भन्दा बढी चलचित्रमा काम गरे ।

पहिलो चलचित्र ‘ज्वार भाटा’ का लागि उनले १२ सय ५० रुपैयाँ पारिश्रमिक पाएका थिए । त्यसबेला उनी २२ वर्षका थिए । उनको अन्तिम चलचित्र ‘किला’ हो, जुन १९९८ मा रिलिज भएको थियो । उनले आठवटा फिल्मफेयर अवार्ड जितेका छन् । २५ वर्षको उमेरमा भारतका नम्बर वान अभिनेताको रुपमा स्थापित उनले ४४ वर्षको उमेरमा अभिनेत्री सायरा बानोसँग विवाह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu