टिकटकमा बहुचर्चित बन्यो रामजीको ‘रातो टीका देउतालाई पुजेसी’ (भिडियो)



काठमाण्डौ। गायक तथा संगीतकार कस्तुप पन्तद्वारा लिखित तथा संगीतवद्द तथा रामजी खाँड र टीकापुनद्वारा स्वरवद्द लोक दोहोरी गीत ‘डालीको फुल (रातो टीका देउतालाई पुजेसी)’ले चर्चा कमाईरहेको छ । रिलीजको केहि दिनपछि शोसल एप टिकटकमा बहुचर्चित बनेको ‘रातो टीका देउतालाई पुजेसी’ यहि गीतको एक भाग हो । टिकटकमा चर्चित बनेसँगै यूट्युबमा पनि यो गीत अगाडी बढिरहेको छ ।

समाचार तयार पार्दाको समयमा यूट्युबको ट्रेण्डिंग नंबर ९ मा रहेको गीतलाई करिब दश लाख पटक हेरिएको छ । गायक खाँडको अफिसियल यूट्युबबाट यो गीत रिलीज गरिएको छ । गीतको भिडियोमा गायक खाँड आफैले मोडल करिष्मा ढकालसँग अभिनय गरेका छन् ।

दुर्गा पौडेलले निर्देशन तथा छायांकन गरेका छन् भने सम्पादन तथा कलर ग्रेडिंग प्रकाश धमलाले गरेका छन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu