‘मायाले संसार चल्दैन पैसा नभए’गीतको भिडियोमा प्रथम, पुष्प र गरिमा (भिडियो)



गीतकार टिआर गौडेलको नयाँ गीत ‘मायाले संसार चल्दैन पैसा नभए’को भिडियो सार्वजनिक भएको छ । रोमान्टिक डान्स नम्बरको रुपमा तयार गीतको संगीत तथा एरेन्ज बाबुल गिरीले गरेका हुन् ।

गीतमा संगीतकार गिरीकै स्वर रहेको छ । गीतको भिडियोमा पुष्प खड्का, प्रथम खड्का र गरिमा शर्माको अभिनय छ । गीतको भिडियो माइकल चन्दले निर्देशन गरेका हुन् । माईकल स्टेप अप एण्ड आर्ट एकेडेमीको कोरियोग्राफीरहेको भिडियोमा उत्सव दाहालको छायांकन, शिलन लम्सालको सम्पादन रहेको छ ।

माया र पैसालाई आधार बनाएर लेखिएको गीतमा जिन्दगीमा माया मात्र नभई पैसा पनि उत्तिकै महत्व हुने देखाउन खोजिएको छ । गीतले प्रेम र बिछोड समेत ब्यक्त गरेको छ । गीतकार टिआर ब्यवसायी पनि हुन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu