सुरेनको गीत ‘सँधै सँधै’ रिलीज, रानीमहलमा प्रेमका प्रसंग (भिडियो)



काठमाण्डौ। जनरल खड्ग शमशेर र रानी तेजकुमारी बीचको अमर प्रेम कथाले जन्माएको नेपालको ताजमहल भनेर चिनिने पाल्पाको रानीमहललाई छेकोमा पारी तयार भएको म्यूजिक भिडियो ‘सँधै सँधै’ रिलीज भएको छ । सुरेन गौतमको स्वरमा रहेको गीतमा प्याट्रिक सिट्लिङको शब्द तथा संगीत रहेको छ । गीतको भिडियो गायक सुरेनले नै अभिनय, निर्देशन तथा सम्पादन गरेका छन् । सुरज के.सी.ले छायांकन गरेका छन् भने बिष्णुहरी तिमिल्सिनाले कलर ग्रेडीङ गरेका छन् ।

काली गण्डकीको तिरमा बनेको प्रसिद्ध रानीमहल रहेको ऐतिहासिक क्षेत्रमा बनाइएको यो भिडीयोले धेरैको मन जित्नेमा गायक आशावादी छन् । ”सँधै सँधै’ भन्ने शब्दले नै एउटा अमर प्रेमको कथा बोकेको र त्यो कथा अनुसार एकान्तमा गई चित्र कोरिएको र गाइएको दृश्य आफैमा उत्कृष्ट बनेको छ भन्ने लागेको छ । यो गीतमा पाल्पाको उत्कृष्ट दृश्यावलोकन गर्न पाइन्छ’, गायक सुरेनले बताए ।

भिडियोलाई तुलसी सिवाकोटीले निर्माण गरेका हुन् । गायक गौतमले यसअघि ‘प्रनभ’ र ‘शुभ जीवन’ नामक एल्बम बजारमा ल्याएका थिए । ‘सँधै सँधै’ उनको तेश्रो एल्बम ‘सुर-संगीत’मा समावेश गीत हो । २०६० सालमा गायक गौतमको पहिलो गीत ‘तुसारो’ रेकर्ड भएको थियो । त्यसपछि उच्च शिक्षाको लागि विदेश गएका गौतम नेपाल फर्केपछि सरकारी सेवामा प्रवेश गरेका थिए । २०७१ सालबाट भने उनी आफ्नो जागिर सँगसँगै संगीतमा पनि निरन्तर रहेका छन् । उनका ‘पिरती लरी लै’, ‘रेशमी पर्दाले छेकेन’, ‘छेक्यो डाँडा कुहिरोले’ बोलका गीतहरु चर्चित बनेका थिए ।

भिडियोः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu