गम्भीर बिरामी केरुंगलाई म्यूजिक प्रोड्युसर एशोसियशनको सहयोग



काठमाण्डौ। विगत केहि समयदेखि स्वास्थ्यमा समस्या आई गम्भीर बनेका संगीत व्यावसायी देउमान केरुंगलाई म्यूजिक प्रोड्युसर एशोसियशन नेपालले आर्थीक सहयोग गरेको छ । बरिष्ठ संगीतकार शम्भु राईको हातबाट केरुंगलाई सतचालिस हजार रुपैयाँ सहयोग गरिएको हो ।

मंगलवार एशोसियशनको कार्यालय अनामनगरमा एशोसियशनका कार्यसमितिको उपस्थितिमा संगीत व्यावसायिहरुबाट संकलित उक्त सहयोग रकम प्रदान गरिएको हो । कार्यक्रममा अध्यक्ष बि. पाण्डे, उपाध्यक्ष कस्तुप पन्त, कानुनि सल्लाहकार राम भट्टराई लगायतको उपस्थिति थियो ।

इना क्यासेट सेन्टरका संचालक केरुंग लामो समयदेखी नेपाली संगीत क्षेत्रमा लगानी गर्दै आईरहेका छन् । उनि नेपाल संगीत उद्योग संघका पूर्व महासचिव समेत हुन् । एक अर्कालाई पर्दाको बखत सहयोगको भावना हुनुपर्छ भन्ने उद्देश्यले सहयोग प्रदान गरिएको एशोसियशनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu