विधानले जिते भारतमा अन्तर्राष्ट्रिय अवार्ड



म्यूजिक भिडियो निर्देशकको रुपमा आफूलाई स्थापित गरिसकेका विधान कार्कीले एक अन्तर्राष्ट्रिय अवार्ड जितेका छन् । भारतको महाराष्ट्र राज्यको औरंगावादमा आयोजित ‘दोश्रो रोशनी रिल्स अन्तर्राष्ट्रिय सर्ट फिल्मस् फेस्टिभल २०२१’ मा उनले चर्चित गीत ‘केटो अली कमाउने होस्’ बाट अवार्ड जितेका हुन् । उनले ‘उत्कृष्ट म्युजिक भिडियो कन्सेप्ट’ को अवार्ड जितेका हुन् ।

अन्तर्राष्ट्रिय फेस्टिभलमा विश्वका सयभन्दा बढी म्यूजिक भिडियोहरु प्रतिस्पर्धामा थिए । निर्देशक कार्कीले अन्य ४ विदेशी प्रतिस्पर्धीलाई उछिन्दै अवार्ड जितेका हुन् । उनले भिडियोमा प्रस्तुत गरेको कन्सेप्ट सहभागि अन्य प्रतिष्पर्धीहरुको भन्दा उत्कृष्ट रहेका कारण उनले यो अवार्ड जितेका हुन् । आफू निर्देशित म्यूजिक भिडियोबाट अन्तर्राष्ट्रिय अवार्ड पाउँदा उनी हर्षित भएका छन् । यो अवार्डले आफूलाई थप जिम्मेवार र उत्साहित बनाएको उनको भनाई छ । ‘केटो अली कमाउने होस्’ गीतलाई अहिलेसम्म ५५ लाखले हेरिसकेका छन् ।

विगत एक दशकदेखि म्यूजिक भिडियो निर्देशनमा सक्रिय रहेका विधानले ‘दाइजो’, ‘गरिबी’, ‘जब एप्लिकेसन’ लगायतका सर्ट चलचित्र समेत बनाएका छन् । सन् २०१६ मा अमेरिका बसेर इरेक्सन र प्रोडक्सनको दुई वर्षे कोर्ष गरेका उनी त्यहाँ तमाम अवसर हुँदा हुँदै पनि नेपाल फर्किएका थिए । अहिले उनले म्यूजिक भिडियो निर्देशनमा राज गरेका छन् ।

‘ग्लोबल नेपाली फिल्म अवार्ड’, ‘बेस्ट सर्ट फिल्म डाइरेक्सन’ लगायत दर्जन बढी अवार्ड जितिसकेका विधान नेप्सिने कम्पनीका नेपाल प्रमुख समेत हुन् । यो कम्पनीले धुर्मुस–सुन्तलीले निर्माण गरेको चलचित्र ‘सेन्टी भाइरस’ को इन्टरनेसनल राइट्स एक करोड १५ लाखमा किनेको थियो । उनी चाँडै फिचर चलचित्र निर्देशनमा पनि डेब्यू गर्ने तयारमा छन् ।

उनले अवार्ड जितेको गीत ‘केटो अलि कमाउने होस्’मा दिग्गज धौरालीको शब्द रचना रहेको छ भने अर्जुन पोखरेलको संगीत रहेको छ । सुधिर श्रेष्ठ, श्रेया सिटौला, अजय श्रीज र अस्मिता अधिकारीले अभिनय गरेको भिडियोको गीतमा सुनिल कटुवाल र समिक्षा अधिकारीको स्वर रहेको छ । भिडीयोमा बिशाल इन्टरटेनमेन्टको निर्माण, सुनील कटवाल र नेप्सिनेको सहकार्य रहेको छ । भिडियोमा उत्सव दाहालको छायांकन र बिकाश दाहालको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu