चलचित्र क्षेत्रलाई चलायमान बनाउन सरकारले सहयोग गर्छ : प्रधानमन्त्री देउवा



किस्ताबन्दीको कोरोना महामारीले नराम्रोसँग थलिएको चलचित्र क्षेत्रलाई चलायमान बनाउन सरकारले सहयोग गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले आश्वासन दिएका छन् । बिहीवार कलाकर्मीसँगको भेटमा उनले चलचित्र क्षेत्रलाई चलायमान बनाउन सरकार गम्भीर रहेको र चलचित्रकर्मीलाई खोप व्यवस्था पनि गर्ने बताए ।

कांग्रेसको भातृ संगठन सांस्कृतिक संघको नेतृत्वमा करिब ५ दर्जन कलाकर्मी प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । उक्त अवसरमा चलचित्रकर्मीले लकडाउन र निषेधाज्ञाले कला क्षेत्रमा धरासायी बनेको, हलहरु लामो समयदेखि बन्द र कलाकारहरु कामविहीन भएको जानकारी गराउँदै कला क्षेत्र पहिलेको अवस्थामा फर्काउन सरकारको सहयोगको खाँचो रहेको बताएका थिए ।

उक्त अवसरमा प्रधानमन्त्री देउवाले आफ्नो राष्ट्रिय भ्रमणमा कलाकारलाई समेट्ने समेत बचन दिएको नेपाल संस्कृतिक संघका महामन्त्रीले शिवशंकर रिजालले बताए । कार्यक्रममा नेपाल संस्कृतिक संघका अध्यक्ष तिर्थ थापा, महामन्त्री शिव शंकर रिजाल ‘जोगिन्दर’, रोसनी केसी, कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, उपाध्यक्ष प्रवत्ता मोहन निरौला, अभिनेता भुवन केसी लगायत उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu