शिल्पाले गरिन् श्रीमानको बचाउ



पोर्न चलचित्र बनाएर बेचेको आरोपमा प्रहरीले अभिनेत्री शिल्पा शेट्टीका श्रीमान राज कुन्द्रालाई पक्राउ गरेर पोर्नोग्राफी केसमा अनुसन्धान अगाडि बढाएको छ । अदालतले राजलाई २७ जुलाईसम्म थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएपछि शुक्रवार क्राइम ब्रान्चको टिम राजलाई लिएर उनको घर गएको थियो, जहाँ शिल्पा र राजलाई आमने-सामने राखेर सोधपुछ गरिएको थियो ।

मुम्बई पुलिसका अनुसार, सोधपुछको क्रममा शिल्पाले श्रीमानको बचाउ गरेकी छन् । पोर्नोग्राफी केसमा आफ्नो संलग्नता नरहेको र राजले पनि पोर्न चलचित्र बनाउने नगरेको उनले बयानमा भनेकी छन् । राजले पोर्न चलचित्र नभइ एरोटिक चलचित्र बनाउने गरेको शिल्पाको बयान उद्धत गर्दै प्रहरीले भनेको छ । साथै उनले हटशट मूभी मेकिङमा आफ्नो कुनै रोल नभएको बताएकी छन् ।

उनले क्राइम ब्रान्चसँग भनेकी छन्, ‘मलाई हटशट मूभीको कन्टेन्टको बारेमा पनि जानकारी थिएन । र, यो एप्ससँग मेरो कुनै लेनादेना छैन ।’ पोर्न चलचित्र बनाएको आरोपमा श्रीमानलाई प्रहरीले पक्राउ गरेपछि शिल्पाले इन्स्टाग्राममा एक पोस्ट लेख्दै आफूले चुनौतीको सामना गर्ने उल्लेख गरेकी छन् । यो मुश्किल घडीमा उनलाई बहिनी शमिता शेट्टीले साथ र हिम्मत दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu