‘माया गर्ने मान्छे’ गीतमा सुरक्षा र रोचक (भिडियो)



गायक स्वरूप राज आचार्य र गायिका अस्मिता परियारको स्वरमा रहेको ‘माया गर्ने मान्छे’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतमा अनिल शाहीको संगीत तथा गौतम डंगोल (सन्देश) को शब्द रचना रहेको छ । ब्लुबेरी स्टुडियोमा रेकर्ड गरिएको गीतमा संगीत संयोजन प्रमोद परियारको रहेको छ ।

दिपेश सापकोटाको निर्देशन रहेको भिडियोलाई बिशाल (माइलो) ले छायांकन तथा उज्जवल ढकालले सम्पादन गरेका छन् । भिडियोमा सुरक्षा पन्त र रोचक जोशी फिचर्ड छन् । अडियो र भिडियो दुवै उत्कृष्ट बनेको कारण दर्शक श्रोताले मन पराउनेमा गायिका अस्मिता परियार आशावादी छिन् ।

यसअघि पनि थुप्रै गीतमा स्वर दिइसकेकी अस्मिताले चलचित्रका गीतमा समेत आवाज भरिसकेकी छन् । भिडियो ट्री इन्टरटेन्टमेन्टको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको हो । ट्री इन्टरटेन्टमेन्टले यसअघि थुप्रै म्युजिक भिडियो तथा चलचित्र ‘बाग्मती’ र ‘एउटा यस्तो प्रेम कहानी’ को निर्माण गरिसकेको छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu