कमेडीले भरिएको धुर्मुस-सुन्तलीको ‘म त मर्छु कि क्या हो’ ट्रेलर (भिडियो)



सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) अभिनीत तथा निर्मित चलचित्र ‘म त मर्छु कि क्या हो’ को कमेडी प्याक्ड ट्रेलर सार्वजनिक भएको छ । तीन मिनेट लामो ट्रेलरमा धुर्मुस र सुन्तलीको बैबाहिक जीवनमा आउने उचाव-चढावलाई प्रस्तुत गरिएको छ । चलचित्रमा सिताराम र कुञ्जना ‘मेरी बाँस्सै’ टेलिसिरियलमा निर्वाह गरेको धुर्मुस-सुन्तलीकै भूमिका र गेटअपमा देखिएका छन् ।

तराईका विभिन्‍न स्थानमा खिचिएको चलचित्रलाई सुदीप बरालले छायांकन गरेका हुन् । चलचित्रको लेखन र निर्देशन धुर्मुस-सुन्तलीले संयुक्त रुपमा गरेका हुन् । चलचित्रमा धुर्मुस र सुन्तलीसँगै बुद्धि तामाङ, विजय बराल, रवि गिरी, पल्पसा डंगोल, सुमन कार्की, सुमन कोइराला, बलदिप राई लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रको स्क्रिनप्ले र डाइलग धुर्मुस र सुन्तलीकै हो ।

मिलन श्रेष्ठको सम्पादन रहेको चलचित्रमा स्वेत्ना योञ्जनको कोरियोग्राफी छ । चलचित्रले दर्शकलाई निराश नबनाउने कुञ्जना बताउँछिन् । सुरुमा वेब सिरिजको रुपमा ‘म त मर्छु कि क्या हो’ को निर्माण गरिए पनि पछि मेकिङ उत्कृष्ट भएपछि वेब चलचित्र बनाएको उनको भनाई छ । यो चलचित्र ओटीटी प्लेटफर्म ‘ओ हो मुभी’ मा रिलिज हुनेछ । तर, रिलिज हुने मिति भने घोषणा गरिएको छैन ।

ट्रेलर हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu