करिश्मा र केकीसँग हरिवंश र पलको ‘माछीलाई खोलीको लेउ’ (भिडियो)



करिब ३ बर्ष अगाडि रिलिज भएको ‘माछीले खाने खोलीको लेउ’ करिब ५ करोड पटक हेरिएको छ । सरोज ओली र मेलिना राईको आवाजमा रहेको गीतमा दिनेश थपलियाको शब्द र वसन्त सापकोटाको संगीत रहेको थियो ।

सोही गीतको दोश्रो पार्ट ‘माछीलाई खोलीको लेउ’ सार्वजनिक भएको छ । बिहीवार सार्वजनिक गीतमा बरिष्ठ कलाकर हरिवंश आचार्य र मेलिना राईको आवाज रहेको छ । गीतमा दिनेश थपलियाको शब्द र बसन्त सापकोटाको संगीत रहेको छ ।

विक्रम स्वारको निर्देशनमा रहेको भिडियोमा कलाकार हरिवंश आचार्य, अभिनेत्री करिश्मा मानन्धर, अभिनेत्री केकी अधिकारी र अभिनेता पल शाह फिचर रहेका छन् । विक्रम स्वारको कोरियोग्राफी रहेको भिडियोमा नवराज उप्रेतीको छायांकन, भुपेन्द्र अधिकारी र सुवर्ण दुलालको सम्पादन रहेको छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu