टिकटकमा डोयट गर्दा मायामा डुबे सुधिर र गीता (भिडियो)



अनिस अधिकारी र रचना रिमालको स्वरमा रहेको ‘जाउँन कान्छी जाउँ’ बोलको गीत सार्वजनिक भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको रोमान्टिक गीतमा गायक अधिकारीकै शब्द तथा संगीत रहेको छ ।

टिकटकबाट चर्चामा आएका दुई कलाकार सुधिर श्रेष्ठ र गीता ढुंगाना भिडियोमा फिचर छन् । टिकटकमा डोयट गर्ने क्रममा नजिक भएको जोडीको प्रेमलाई भिडियोमा उतारिएको छ । भिडियोमा सुधिर र गीताको केमेस्ट्री सुहाएको देखिन्छ ।

सुवोल थापाको निर्देशन र कोरियोग्राफी रहेको भिडियोलाई बुद्ध थापाले खिचेका हुन् । अरुण थापा मगरद्वारा निर्मित भिडियोका सह-निर्माता आर्यन कार्की हुन् । अविगम्यान फिल्मस् एन्ड इन्टरटेन्मेन्ट यूट्युब च्यानलबाट गीत सार्वजनिक भएको हो । यो ब्यानरले निर्माण गरेको चलचित्र ‘गणपति’ प्रदर्शनको पखाईमा रहेको छ ।

यूट्युबमा रिलिज भएसँगै ‘जाउँन कान्छी जाउँ’ गीतलाई दर्शकले रुचाएका छन् । गायक अनिस अधिकारीले गीतको अडियो अनुसार भिडियो तयार भएकोमा खुसी व्यक्त गरे । भिडियोमा सुधिर र गीतको नृत्यले दर्शकको ध्यान खिच्छ । निर्माण टिमले भिडियोको मेकिङमा विशेष ध्यान दिएको छ ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu