रामकृष्ण र वेनिशाको ‘नयाँ जीवन’ मा प्रकाश र मोनिका (भिडियो)



रामकृष्ण ढकाल र वेनिशा पौडेलको स्वरमा मार्मिक गीत ‘नयाँ जीवन’ सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच निर्माण ब्यानर ‘स्वाँर फिल्मस्’ ले उक्त गीति भिडियो रिलिज गरेको हो ।

भिडियोलाई निर्देशक बिक्रम स्वाँरले फिल्मी शैलीमा प्रस्तुत गरेका छन् । दुर्घटनावस् एउटा खुट्टा गुमाउन बाध्य कलाकार प्रकाश सपुत र मोडल मोनिका बुढाथोकीबीचको दुःखद रिल कहानीलाई निर्देशक स्वाँरले मार्मिक रुपमा पर्दामा उतारेका छन् । भिडियोमा कालु राणालाई नेगेटिभ क्यारेक्टरमा प्रस्तुत गरिएको छ ।

चक्र पुलामी र नेशनल तिखत्रीको कोरियोग्राफी रहेको भिडियोलाई तारा थापा ‘किम्भे’ ले सम्पादन गरेका हुन् । छायांकन नवराज उप्रेतीले गरेका छन् । रेनिश फागोले कलरको काम गरेका छन् । अडियोतर्फ संगीत दीपक शर्माको छ भने शब्द निशा अर्यालले लेखेकी छिन् । एरेञ्ज पुरुषोत्तम सुवेदीको छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu