अमेरिकाको ‘विन्टर फिल्म अवार्ड’ मा ‘कठपुतली’ छनौट



नेपाली हरर चलचित्र ‘कठपुतली’ अमेरिकाको प्रतिष्ठित इन्टरनेशनल फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’मा आधिकारिक रुपमा छनौट भएको छ । आउँदो सेप्टेम्बर २३ तारिखदेखि अक्टोबर २ सम्म चल्ने फेस्टिभलमा ‘विन्टर फियर अवार्ड हरर फिल्म कम्पिटिसन’ विधामा छनौट भएको यो चलचित्र सेप्टेम्बर २६ तारिखमा स्क्रिनिङ हुने ‘विन्टर फिल्म अवार्ड’ को वेबसाइटमा उल्लेख छ ।

‘कठपुतली’ का निर्देशक भिमसेन लामाले संसारकै प्रतिष्ठित फेस्टिभलमा नेपाली चलचित्र छनौट हुनु नेपाल र नेपाली चलचित्र क्षेत्रका लागि गर्वको कुरा रहेको बताए । अहिले उनी चलचित्रको स्क्रिनिङका लागि अमेरिकामा नै छन् । न्यूयोर्कको ‘सिनेमा भिलेज थिएटर १’ मा यो फेस्टिभल आयोजना हुँदैछ ।

काल्पनिक कथामा निर्माण भएको चलचित्रमा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुवर्ण थापा लगायतको अभिनय छ । पृथ्वी राना प्रोडक्सनको ब्यानरमा बनेको चलचित्रका निर्माता पृथ्वी राना मगर हुन् भने सह निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा रहेका छन् । अन्य हरर चलचित्रभन्दा ‘कठपुतली’ भिन्न रहेको निर्देशक लामा बताउँछन् ।

निर्देशक लामाले यसअघि लघु चलचित्रबाट विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरुमा अवार्ड जितिसकेका छन् । उनले ‘कठपुतली’ बाट फिचर चलचित्रमा डेब्यू गरेका हुन् । ‘यो चलचित्र हेर्दा नेपाली दर्शकले एकदमै नयाँ अनुभव गर्नेछन्,’ उनी भन्छन्, ‘हरर चलचित्र मेरो रोजाइको विषय हो र यो चलचित्र मेरो ड्रिम प्रोजेक्ट हो ।’ चलचित्रको पोस्ट प्रोडक्सनको सम्पूर्ण काम लण्डनमा भएको हो । यो चलचित्रलाई सम्पदा मल्लले लेखेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu