‘जाउँन कान्छी जाउँ’ को टिकटक च्यालेन्ज घोषणा



यसै हप्ता सार्वजनिक भएको ‘जाउँन कान्छी जाउँ’ बोलको गीतमा टिकटक च्यालेन्जको घोषणा गरिएको छ । सार्वजनिक गीतमा उत्कृष्ट टिकटक बनाउनेमध्ये पहिलो विजेताले १५ हजार र दोस्रो विजेताले १० हजार प्राप्त गर्नेछन् । अनिस अधिकारी र रचना रिमालको स्वर रहेको गीतमा टिकटक भिडियो बनाएर अविगम्यान फिल्मस्को टिकटक पेजमा मेन्सन गर्नपर्नेछ ।

यूट्युब सार्वजनिक भएसँगै दर्शकबाट उत्कृष्ट प्रतिक्रिया मिलिरहेको यो गीतमाथि थुप्रै टिकटक भिडियोहरु पनि बनेका छन् । गीतमा गायक अधिकारीकै शब्द तथा संगीत रहेको छ । टिकटकबाट चर्चामा आएका दुई कलाकार सुधिर श्रेष्ठ र गीता ढुंगाना भिडियोमा फिचर छन् । टिकटकमा डोयट गर्ने क्रममा नजिक भएको जोडीको प्रेमलाई भिडियोमा उतारिएको छ ।

सुवोल थापाको निर्देशन र कोरियोग्राफी रहेको भिडियोलाई बुद्ध थापाले खिचेका हुन् । अरुण थापा मगरद्वारा निर्मित भिडियोमा सुधिर र गीतको नृत्यले दर्शकको ध्यान खिच्छ । अविगम्यान फिल्मस् एन्ड इन्टरटेन्मेन्टको यूट्युब च्यानलमा गीत हेर्न सकिन्छ । यो ब्यानरले निर्माण गरेको चलचित्र ‘गणपति’ प्रदर्शनको पखाईमा रहेको छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu