संख्या बढाउन चलचित्र निर्देशन गर्दिनँ : भुवन केसी



सयभन्दा बढी चलचित्रमा अभिनय गरेका भुवन केसी नेपाली चलचित्रका सबैभन्दा सफल नायक मानिन्छन् । करिअरको सुरुवाती समयदेखि नै छानेर चलचित्रमा काम गर्ने गरेका उनले कयौं सुपरहिट चलचित्र दिएका छन् । चलचित्र निर्माणमा पनि सफलता हासिल गरेका उनले चलचित्र ‘ड्रिम्स’ बाट निर्देशनमा समेत डेब्यू गरे । तर, त्यसयता उनले अरु चलचित्र निर्देशन गरेका छैनन् ।

उनी संख्या बढाउनका लागि चलचित्र निर्देशन नगर्ने बताउँछन् । शनिवार राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्र निर्देशनमा कमब्याकको विषयमा उनले भने- ‘म संख्या बढाउनका लागि निर्देशन गर्दिनँ । मैले सयवटा खमा अभिनय गरेर निर्देशन गर्न अलि-अलि सिकेको छु, अलि-अलि जानेको छु । तर, म एक्सपोर्ट चाहिँ होइन । म फेरि चलचित्र निर्देशन त गर्छु तर थोरै गर्छु ।’

उनले आफ्नो प्रोडक्सन हाउस छ भन्दैमा हिरो र निर्देशक आफैं नबन्ने पनि बताए । नयाँ-नयाँ प्रतिभावान निर्देशक, कलाकारलाई अवसर दिएर अगाडि बढ्ने आफ्नो चाहना रहेको उनको भनाई छ । उनले इन्डस्ट्रीलाई अगाडि बढाउन अब नेपाली चलचित्र ओटीटी प्लेटफर्ममा जानु पर्ने पनि बताएका छन् । तर, चलचित्र इन्डस्ट्रीको मुख्य जग सिनेमा हल रहेको उनको कथन छ ।

‘सिनेमा हलपछि मात्रै दोस्रो प्राथमिकतामा ओटीटी प्लेटफर्म आउँछ । तर, कोभिडले गर्दा अहिलेको अवस्थामा नेपाली चलचित्र ओटीटीमा जान जरुरी देखिएको छ । चाँडै हामी सबै मिलेर इन्डस्ट्रीलाई चलायमान बनाउनु पर्छ,’ उनले अगाडि भने- ‘मैले पनि दुइटा चलचित्रको स्क्रिप्ट लक गरेर राखेको छ । स्थिति सामान्य भएपछि इन्डस्ट्रीलाई ‘मुभ अन’ गर्न छायांकन थाल्नेछु ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu