नेपाली निर्माताको साउथ चलचित्र ‘थिरिमाली’ को सुटिङ प्याकअप



नेपाली निर्माता सरोज न्यौपानेको ‘अनन्या फिल्मस्’ र दक्षिण भारतीय कम्पनी ‘एन्जल मारिया सिनेमाज्’ ले संयुक्त रुपमा निर्माण गरेको दक्षिण भारतीय चलचित्र ‘थिरिमाली’ को सुटिङ सकिएको छ । भारतको मनालीको दृश्य कैद गर्दै चलचित्रको सम्पूर्ण छायांकन सकिएको निर्माता न्यौपानेले जानकारी दिए । चलचित्रको मध्यान्तरपछिको दृश्य निषेधाज्ञाअघि नेपालमै खिचिएको थियो ।

मनालीको दृश्य पनि नेपालको मुस्ताङ्गमा खिचिने तय भएको थियो । तर, कोरोनाका कारण सरकारले छायांकनको अनुमति नदिएकाले नेपालको दृश्य मनालीमा कैद गरिएको हो । चलचित्रमा भारतीय कलाकार विविन जर्ज, जोनी एन्टिवनी, धर्मजन वोलगाट्टी, हरेश कनारान, आना रेश्मासँगै नेपाली कलाकारहरु स्वस्तिमा खड्का, माओत्से गुरुङ, उमेश तामाङको पनि अभिनय रहेको छ ।

आइतवार निर्माण टिमले माओत्से गुरुङ फिचर सुटिङ सेटका केही तस्विरहरु सार्वजनिक गरेको छ । जसमा उनी नेपालको पहाडी क्षेत्रमा दृश्य दिँदै देखिएका छन् । चलचित्रमा उनको महत्त्वपूर्ण भूमिका रहेको छ । स्वस्तिमाको भूमिका भने दर्शकका लागि सरप्राइज हुने निर्माता न्यौपानेले बताए । राजिव सेट्टी निर्देशित यो चलचित्र भारतको विभिन्न प्रान्तिय भाषामा रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu