‘एक्स ९’ मा राज कटुवालको प्रवेश



मुकुन्द भट्टको निर्देशनमा बन्न लागेको एक्सन-थ्रिलर चलचित्र ‘एक्स ९’ मा अभिनेता राज कटुवाल अनुबन्ध भएका छन् । सोमवार उनीसँग निर्माण टिमले कागजी सम्झौता गरेको हो । निर्देशक मुकुन्द भट्ट र राजबीच गत वर्ष नै मौखिक सहमति भइसकेको थियो । तर, कोरोना महामारीका कारण कागजी सम्झौता हुन सकेको थिएन । राजले यसअघि ‘लाल्टिन र लीला’ चलचित्रमा काम गरिसकेका छन् ।

गत हप्ता अभिनेता द्वय अनमोल केसी र सौगात मल्ल चलचित्रमा अनुबन्ध भएका थिए । यो चलचित्रमा सबैभन्दा पहिला अभिनेता पुष्प खड्का अनुबन्ध भएका हुन् । अब निर्माण टिम अभिनेता अनुपविक्रम शाहीसँग कागजी सम्झौता गर्ने तयारीमा छ । नेपाल, यूरोप, क्यानडा, आबुधाबीमा छायांकन हुने चलचित्रमा प्रियंका थापा एकल अभिनेत्रीको रुपमा रहनेछिन् ।

गोल्डेन हिल्स पिक्चरको प्रस्तुतीमा निर्माण हुन लागेको चलचित्रको कथा मुकुन्द भट्ट र किंग योगीले संयुक्त रुपमा तयार पारेका हुन् । दिनेश भट्ट कार्यकारी निर्माता रहेको चलचित्रको निर्मातामा राजिव तामाङ, विरेन कुँवर, सुबोध भट्ट र सोनु खत्री छन् । ठूलो लगानीमा निर्माण हुन लागेको चलचित्रलाई नेटफ्लिक्समा पनि रिलिज गर्न पहल गरिने निर्देशक भट्टले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu