‘डाँडाको वरपीपल’ गीतमा शिव, भुवन र गौरीसँग सलोन र रुविनाको नृत्य



शोभित बस्नेत निर्देशित मल्टीस्टारर ‘डाँडाको वरपीपल’ को पहिलो गीत सार्वजनिक भएको छ । आइतवार वानेश्वरस्थित ‘वान सिनेमाज्’ मा एक कार्यक्रमका बीच चलचित्रको प्रदर्शन मिति असोज २६ गते (घटस्थापना) लाई घोषणा गर्दै निर्माण टिमले ‘काट्दिम्ला जुँगा जम्मै’ बोलको गीत सार्वजनिक गरेको हो । गीतमा स्वर्गीय खेमराज गुरुङ र गायिका रिमा गुरुङ होडाको स्वर छ ।

उमंग लामा र केशव चौलागाईंको शब्द रचना, उमंग लामाको संगीत रहेको गीतको भिडियोमा अघिल्लो पुस्ताका तीन सुपरस्टार शिव श्रेष्ठ, भुवन केसी र गौरी मल्लले एकसाथ ठुम्का लगाएका छन् । रामजी लामिछानेले कोरियोग्राफी गरेको गीतको भिडियोमा सलोन बस्नेत, रुविना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत लगायतको पनि नृत्य छ । गीतको अडियो र भिडियो पक्ष बलियो छ ।

चित्लाङमा छायांकन भएको यस चलचित्रमा अस्मिता जुरेली, हिउँवाला गौतम, उतम केसी, संगम भण्डारी, सुशान्तकुमार श्रेष्ठ, प्रभात पल, अस्मी थापा, प्रदीप गिरी, ज्ञानकुमार कट्टेल लगायतका कलाकारको पनि अभिनय छ । नवराज गिरीको लगानी रहेको चलचित्रमा रामकाजी घिमिरेको लेखन, सुशान्त प्रजापतिको छायांकन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन र मित्रदेव गुरुङको सम्पादन छ ।

यो चलचित्रमा शिव श्रेष्ठ र भुवन केसीले १६ वर्षपछि एकसाथ चलचित्रमा काम गरेका हुन् । उनीहरुले पछिल्लो पटक २००५ मा रिलिज भएको शोभित बस्नेत निर्देशित सुपरहिट चलचित्र ‘राजु राजा राम’ मा सँगै काम गरेका थिए । त्यस्तै, शिव श्रेष्ठ र गौरी मल्लले ‘धर्मसंकट’ रिलिजको २० वर्षपछि एकसाथ काम गरेका हुन् । चलचित्रमा सलोनको जोडी रुविनासँग बाँधिएको छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu