सृष्टिको ‘राधा’ लुक्स



लामो समयदेखि प्रेम सम्बन्धमा रहेका सौगात मल्ल र सृष्टि श्रेष्ठले एकसाथ अभिनय गरेको चलचित्र ‘राधा : द सेक्रेट्स अफ राधा’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । चलचित्रका निर्देशक तथा निर्माता सुर्वण थापाले आइतवार सार्वजनिक गरेको फर्स्टलुकमा सृष्टि फिचर छिन् । आधा टाउको ढाक्ने गरी लामो पछ्यौरी ओढेकी उनी पोस्टरमा गम्भीर र चिन्तित मुद्रामा देखिएकी छन् ।

‘राधा’ पोस्टरमा सृष्टि श्रेष्ठ

दोस्रो लकडाउनअघि पालुङ आसपासमा छायांकन भएको चलचित्रमा सौगात र सृष्टिका अलावा खगेन्द्र लामिछाने, मेनुका प्रधान, पशुपति राई, दिव्य देव पन्त, पुस्कर गुरुङलगायत कलाकारको पनि अभिनय छ । चलचित्रमा दयाहाङ राई र निश्चल बस्नेतलाई पनि विशेष भूमिकामा देख्न पाइने निर्माण टिमको जनाएको छ । यो चलचित्रलाई निर्देशक थापासँग मिलेर सौगातले निर्माण गरेका हुन् ।

आदियोगी भिजन, मन्डला अनलाइन, महारानी इन्टरटेन्मेन्ट र महा प्रोडक्सनको ब्यानरमा बनेको यस चलचित्रमा नरेन्द्र मैनालीको छायांकन र कालीप्रसाद बाँस्कोटा संगीत छ । सृष्टिले ‘राधा’ को चरित्र निर्वाह गर्नु आफ्नो लागि निकै विशेष रहेको बताएकी छन् । उनले यसअघि ‘माइकल अधिकारी, पोइ पर्‍यो काले, मासु भात’ लगायतका चलचित्रमा सौगातसँग एकसाथ काम गरिसकेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu