सुरक्षाको ‘ग्रीन बर्ड’ छायांकन सकियो



चलचित्र ‘ग्रीन बर्ड’ को छायांकन सकिएको छ । क्यामेरा ‘अन’ भएको १९ दिनमा चलचित्रको छायांकन प्याकअप भएको हो । मंगलवार चलचित्रको अन्तिम सिन खिचियो । चलचित्रको सम्पूर्ण छायांकन चितवनको नवलपुरमा भएको निर्देशक प्रमोद कँडेलले जानकारी दिए । लामो समय भारतमा चलचित्र मेकिङ पढेका उनले यही चलचित्रबाट निर्देशनमा डेब्यू गरेका हुन् ।

चलचित्रमा अभिनेत्री सुरक्षा पन्त मुख्य भूमिकामा छिन् भने कमलमणी नेपाल र अफरान अली लगायतको पनि अभिनय छ । योङ स्टार सिनेमाको ब्यानरमा निर्माण भएको चलचित्रले परिवार र समाजको मूल्य मान्यताविरुद्ध गएर आफ्नो जीवन जिउन चाहने एक युवतीको संघर्षको कथा वाचन गर्ने बताइएको छ । यो चलचित्रको स्टोरी र स्क्रिनप्ले निर्देशक कँडेल आफैंले तयार पारेका हुन् ।

चलचित्रमा सुरक्षा माइक्रोबायोलोजी पढिरहेकी २२ वर्षिय युवतीको भूमिकामा छिन् । कात्तिक स्मित कर्नाटकले खिचेको चलचित्रलाई अन्जय खड्काले सम्पादन गर्नेछन् । छायांकन सुरु हुनुभन्दा अगाडि मेथड एक्टिङलाई चित्रण गर्न चलचित्रका सम्पूर्ण कलाकारलाई चितवनको एक घरमा राखेर दुई हप्तासम्म कार्यशाला गरिएको थियो । चलचित्रलाई यसै वर्ष प्रदर्शन गर्ने निर्माण टिमको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu