किरणको ‘जुनी जुनी’मा कमलसँग गीताको अभिनय (भिडिओ)



काठमाडौँ । भ्वाइस अफ नेपालका बिजेता किरण गजमेरको स्वरमा रहेको नयाँ गीत ‘जुनी जुनी’को भिडिओ सार्वजनिक भएको छ । येदिन गजमेरको शब्द तथा संगीतमा तयार भएको गीतमा गीता ढुंगाना र कमल सिंहको अभिनय रहेको छ ।

अमेरिकामा बस्दै आएका गीतकार तथा संगीतकार येदिनले एल्बम तरंगको चर्चा पश्चात गायक किरण गजमेरको एकल स्वरमा एल्बम ‘जुनी जुनी’मा समावेश पहिलो भिडियो बजारमा ल्याएका हुन् ।

प्रकाश धितालले भिडिओ निर्देशन गरेका छन् । लोकराज अधिकारी एसोसियट निर्देशक रहेको गीतको एरेन्ज धिरज श्रेष्ठले गरेका हुन् । बुद्ध थापाको छायांकन रहेको भिडियोको सम्पादन विकाश दाहालले गरेका हुन् ।

भिडिओ:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu