पौष ९ गते ‘चुरिफुरी’रिलीज हुने



शिव पुन, दाङ।
निर्देशक ऋषिराज आचार्यको लेखन तथा निर्देशन रहेको चलचित्र ‘चुरिफुरी’ आउँदो पौष ९ गते प्रदर्शन हुने भएको छ । मंगलबार चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखाले तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रमबाट निर्देशक आचार्यले चलचित्रको रिलिज डेट घोषणा गरेका हुन् ।

कार्यक्रममा बोल्दै निर्देशक आचार्यले कोरोनाले मोनोटोनस भएका दर्शकलाई फ्रेस बनाउन औषधिको काम चलचित्र ‘चुरिफुरी’ गर्ने दावी गरे । साथै निर्देशक आचार्यले कोरोनाले थिलोथिलो परेको नेपाली चलचित्र क्षेत्रलाई चलायमान बनाउन विषेशगरी निर्माता, प्रदर्शक र वितरक मिलेर जानुको विकल्प नरहेको समेत बताए । आचार्यले चलचित्र विकास बोर्डले पनि सुरुको केही समयका लागि चलचित्र प्रदर्शन सम्बन्धि आकर्षक राहतको प्याकेज ल्याउनुपर्ने जसले गर्दा करोडौंको लगानी गरेका फिल्म मेकरहरु पनि फिल्म रिलिज गर्न अग्रसर हुने वातावरण शृजना हुने बताए ।

सोसल कमेडी जनरामा निर्माण तयार भएको ‘चुरिफुरी’मा रबिन्द्र झा, सुबोध गौतम, राजिब जङ्ग बस्नेत, अभिषेक श्रेष्ठ, शिशिर भण्डारी, पवन खतिवडा, पुजा पन्त, सोना बज्राचार्य, दिपक आचार्य, सुरबिर पण्डित, सुनिता श्रेष्ठ, राजेन्द्र खाती, जोया ढकाल, ऋतु आचार्य लगाएतका कलाकारको अभिनय रहेको छ । दिपक शर्माको संगीत तथा राहुल राईको छायांकन रहेको चलचित्रलाई नवीन निरौलाले सम्पादन गरेका छन् । निर्देशक आचार्य र रिना ढकाल(भण्डारी) निर्माता र विमला भुसाल, राजेन्द्र खाती एवं शिव थापा सह-निर्माता रहेको चलचित्रलाई डि.सि.एन.ले वितरण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu