नम्रता र छिल्टुमको खुशी आर्यनले खोसे | भिडियो



namrata-aaryan-chiltum

चैत्र १४ मा रिलिज हुने नेपाली चलचित्र ‘नोभेम्बर रेन’को नयाँ गीत ‘पलभरमै खुशी, पलभरमै पिडा …’ सार्वजनिक भएको छ। मंगलवार सार्वजनिक गीतमा चलचित्र मुख्य कलाकारहरु आर्यन सिग्देल, नम्रता श्रेष्ठ र छिल्टुम गुरुङ्लाई देख्न सकिन्छ।

तारा प्रकाश लिम्बुको संगीत रहेको यो गीतमा युवराज चौलागाईँ, रजिना रिमाल र मेलिना राईको स्वर रहेको छ। शब्द भने यसै चलचित्रका निर्देशक दिनेश राउतले लेखेका छन्। तीन मुख्य कलाकार लाई नै वियोगान्त क्षणमा देखाईएको यो गीत करिव साढे तीन मिनेटको छ। दिनेश राउतले निर्देशन गरेको ‘नोभेम्वर रेन’लाई आर्यन सिग्देल इन्टरटेनमेण्टको प्रस्तुतीमा सुवास गिरीले बनाएका हुन्।

प्रेमकथामा आधारित रहेर तयार गरिएको यो चलचित्रलाई राजेश सिंहले खिचेका हुन भने चलचित्रको सम्पादन सुरेन्द्र पौडेलले गरेका छन् । चलचित्रमा हिमाल केसीको द्वन्द्व तथा ताराप्रकाश लिम्बुको संगीत रहने छ। यो चलचित्रको कथा चेतन गुरुङले लेखेका हुन्।

Watch the song here:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu