आउँदो फागुनमा सागर लम्साल ‘बले’ ले इन्गेजमेन्ट गर्ने



चर्चित हाँस्य कलाकार तथा मोडल सागर लम्साल ‘बले’ ले आउँदो फागुनमा इन्गेजमेन्ट गर्ने भएका छन् । विश्वस्त स्रोतका अनुसार, उनले फागुनमा इन्गेजमेन्ट गर्ने तय भइसकेको छ । उनको पछिल्लो समय चर्चित टिकटकर तथा मोडल प्रिज्मा खतिवडासँग नाम जोडिएको छ । सागरले प्रिज्मासँगै टिकाटालो गर्न लागेको बुझिएको छ ।

Sagar Lamsal 'Bale'

सागर र प्रिज्मा लामो समयदेखि प्रेम सम्बन्धमा रहेको चर्चा चलेता पनि उनीहरुले आफूहरुबीच साथीको सम्बन्ध मात्र रहेको बताउँदै आएका छन् । तर, उनीहरु गहिरो प्रेममा रहेको कुरा म्यूजिक भिडियो इन्डस्ट्रीमा व्यापक छ । यो जोडीले गत वर्ष विवाह गर्न लागेको चर्चा पनि चलेको थियो । तर, यस वर्ष उनीहरु इन्गेजमेन्ट गर्ने तयारीमा जुटेका हुन् ।

‘भद्रगोल’ र हाल ‘सक्कीगोनी’ मा ‘बले’ को चरित्र निर्वाह गरेपछि चर्चामा आएका सागर अहिले म्यूजिक भिडियोका डिमान्डेड मोडल हुन् । प्रिज्मासँग ‘बले’ले ‘रणभुल’ बोलको म्युजिक भिडियोमा पहिलोपटक एकसाथ काम गरेका थिए । उनीहरुले सँगै खेलेको दोस्रो भिडियो ‘नैना रेसम’ थियो । त्यसयता उनीहरुले धेरै भिडियोमा काम गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu