‘मायाले मायाले’ गीतमा पल, पूजा र जितु (भिडियो)



गायक हिमाल सागर र गायिका समिक्षा अधिकारीको स्वर, दीपक प्रसाद वलीको शब्द तथा अर्जुन पोखरेलको संगीतमा तयार भएको ‘मायाले मायाले’ बोेलको गीतको भिडियो काठमाडौंमा एक कार्यक्रमको आयोेजना गर्दै सार्वजनिक गरिएको छ । यो गीतमा लाहुर गएको एक यूवा, उसको संझनामा बसेकी एक यूवती र यूवतीलाई मन पराउने एक पुरुषको कथा भन्छ ।

संगीतकार अर्जुन पोखरेलले यो गीतलाई लोक शैलीको डान्सर नम्बर भनेका छन् । यस्तै, यो गीतका गीतकार दीपक प्रसाद वलीले आफू आइसीयूमा रहेको समयमा यो गीत कोरेको बताए ।

Pooja Sharma and Paul Shah.
Nepali Song Mayale Mayale
‘मायाले मायाले’ गीतमा अभिनय गर्दे पूजा शर्मा, पल शाह र जितु नेपाल

यो गीतको भिडियोमा नायक पल शाह, नायिका पुजा शर्मा र कलाकार जितु नेपालको अभिनय छ । गीतमा तिनै कलाकारले बेजोड नृत्य गरेका छन् । विधान कार्कीले निर्देशन गरेको भिडियो आकर्षक छ । गीतमा विकास दाहालको सम्पादन, उत्सव दाहालको छायांकन, गम्भिर बिष्टको कोरियोग्राफी, माधव शर्माको एसोसियट निर्देशन रहेको छ ।

निर्देशक विधान कार्कीले विभिन्न समस्याका बाबजुत पनि भिडियो तयार भएको बताए । उनले, अर्जुन पोखरेलको संगीतमा पुजा, पल र जितु नेपाललाई लिएपछि भिडियो उत्कृष्ट बनाउने चुनौती आफूमा रहेको र त्यसलाई केही हदसम्म पुरा गरेको सुनाए ।

कार्यक्रममा बोल्दै कलाकार जितु नेपालले आफूले म्युजिक भिडियोमा काम नगरेपनि गीत र भिडियोको कथा सुनेपछि काम गर्न उत्साहित भएको बताए । यस्तै, नायिका पुजा शर्माले एउटा राम्रो गीतमा राम्रो टिमसँग टिमअप गरेको सुनाइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu