कुमार कान्छाको अन्तिम गीत ‘नैना रेशम’ सार्वजनिक



ख्याति प्राप्त स्वर्गीय गायक कुमार कान्छाको स्वरमा रहेको अन्तिम गीत ‘नैना रेशम’ सार्वजनिक गरिएको छ । लोकप्रिय संगीतकार आलोकश्रीले उनको निधनको करिब एक दशकपछि यो गीत बाहिर ल्याएका हुन् ।

‘साइनो’ एल्मबमा रहेको यो लगायत अन्य केही गीत रेकर्डको क्रममा उनको निधन भएको थियो । सबैको मनमुटुमा बस्न सफल गायक कुमार कान्छाको अन्तिम निशानीको रुपमा संगीतकार आलोकश्रीले यो गीत ल्याएका हुन् ।

Kumar Kanchha
Alok Shree

शब्द तथा संगीत समेत आलोकश्रीको रहेको गीत रोमान्टिक शैलीमा छ । गीतमा प्रेमीकाको प्रसंसा गर्दै प्रेमीले उनीलाई खोज्ने आफ्नो मनको भावना ब्यक्त गरेका छन् । आमुल कार्कीढलीको संगीत संयोजना र गुन्जन रेकडिङ स्टुडियो रेकर्ड भएका गीतको भिडियो पनि निर्माण भएको छ ।

भरपुर प्रकृतिक सौदर्य समेटिएको, प्रेमको थिममा तयार गीत संगीतकार आलोकश्रीले आफ्नै नामको युट्युव च्यालबाट बाहिर ल्याएका हुन् । आधुनिक गीतको अलवा ‘बतासैले उडाइ लग्यो माया मेरो’, ‘जिन्दगीको के भर छ र’ जस्ता नेपाली फिल्ममा समेत थुप्रै हिट गीत दिएका कुमार कान्छ बलिउडका समेत ख्याति प्राप्त गायक रहेको थिए । एक समय उनको बलिउडमा राज थियो ।

श्रोताहरुका मनका ढुकढुकी कुमार कान्छाको सम्मान स्वर आफुले उनको अन्तिम गीत बाहिर ल्याएको संगीतकार आलोकश्रीले बताए । गीत सबैले रुचाउने उनको विश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu