पाँच दिनमै ‘सूर्यवंशी’ को कमाई सय करोड नाघ्यो



कोरोनाका कारण हलसम्म जान डराएका दर्शकलाई बलिउड चलचित्र ‘सूर्यवंशी’ ले हलसम्म फर्काएको छ । यो चलचित्र हेर्न नेपालका हलमा समेत दर्शक भरिभराउ छन् । यही कार्तिक १९ गतेबाट प्रदर्शनमा आएको चलचित्रले भारतीय बक्सअफिसमा कमाईको मामलामा रेकर्ड नै बनाएको छ । चलचित्रले प्रदर्शनको पाँच दिनमा सय करोडको आँकडा पार गर्न सफल भएको छ ।

sooryavanshi
akshay kumar

पहिलो दिन २६ करोड २९ लाख, दोस्रो दिन २३ करोड ८५ लाख, तेस्रो दिन २६ करोड ९४ लाख, चौंथो दिन १४ करोड ५१ लाख र पाँचौ दिन ११ करोड २२ लाख कमाउँदै चलचित्रले पाँच दिनमा १ सय २ करोड ८१ लाख कमाउन सफल भएको ट्रेड एनालिस्ट तरण आदर्शले जानकारी दिएका छन् । कोरोना महामारीपछि भारतमै सय करोडको व्यापार गर्ने ‘सूर्यवंशी’ पहिलो चलचित्र बनेको छ ।

यो चलचित्रले नेपालमा समेत आक्रामक व्यापार गरिरहेको छ । नेपालमा यो चलचित्रले पाँच दिनमा ३ करोडको नजिक व्यापार गरेको जानकारी प्राप्त छ । रोहित शेट्टी निर्देशित यस चलचित्रमा अक्षय कुमार, कटरीना कैफ, अजय देवगन, रणवीर सिंहको अभिनय छ । चलचित्रमा अक्षयको अभिनय र एक्सनलाई दर्शकले निकै रुचाएका छन् । चलचित्रले भारतमै २ करोड छाप्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu