दश दिनमा ‘सूर्यवंशी’ को कमाई डेढ सय करोड



दिपावलीबाट संसारभर एकसाथ प्रदर्शनमा आएको बलिउडको मल्टीस्टारर चलचित्र ‘सूर्यवंशी’ ले प्रदर्शनको दुई हप्तामा पनि आक्रामक कमाई गरिरहेको छ । २६ करोड २९ लाखको कमाई गर्दै सानदार ओपनिङ गरेको चलचित्रले प्रदर्शनको पाँच दिनमा सय करोडको कमाई गरेको थियो ।

यसैक्रममा, ‘सूर्यवंशी’ ले प्रदर्शनको दश दिनमा डेढ सय करोडको आँकडा पार परेको छ । ट्रेड एनालिस्ट तरण आदर्शले सामाजिक सञ्जालमार्फत् चलचित्रले दश दिनमा एक सय ५१ करोड कमाउन सफल भएको जानकारी दिएका छन् । उनले चलचित्रलाई ‘सुपरहिट’ भनेका छन् ।

यो चलचित्रले नेपालमा समेत आक्रामक व्यापार गरिरहेको छ । सबैभन्दा ठूलो कुरा यसले हलमा दर्शक फर्काएको छ । रोहित शेट्टी निर्देशित यस चलचित्रमा अक्षय कुमार, कटरीना कैफ, अजय देवगन, रणवीर सिंहको अभिनय छ । चलचित्रले भारतमै २ सय करोडको व्यापार गर्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu