अब विश्वमा बनिरहेका चलचित्रको स्तरमा नेपाली चलचित्र बनाउनु पर्छ : नविन सुब्बा



चलचित्र ‘गाउँ आएको बाटो’ बाट दश वर्षपछि निर्देशनमा कमब्याक गर्न लागेका नविन सुब्बाले अब हिजोको जस्तो चलचित्र बनाए दर्शकले पनि साथ नदिने बताएका छन् । उनले कोरोना महामारीले चलचित्र निर्माणमा ठूलो परिवर्तन ल्याएको र दर्शकको रुचीमा पनि परिवर्तन आएको बताए ।

‘गाउँ आएको बाटो’ को घोषणा सभामा उनले भने- ‘महामारीपछि दर्शकको चलचित्र हेर्ने रुचीमा परिवर्तन आएको छ । अब हामीले विश्वमा बनिरहेका चलचित्रको स्तरमा फिल्म बनाउन सकेनौं भने घरेलू बजारमा पनि टिक्नेवाला छैनौं । यो कोरोनाले ल्याएको ठूलो परिवर्तन हो । हामीले यसलाई आत्मसात् गरेर अगाडि बढ्नु पर्छ ।’

महामारीले नेपाली चलचित्र क्षेत्रमा ठूलो प्रभाव छाडेर जान लागेको बताउँदै निर्देशक सुब्बाले अगाडि भने- ‘कोरोनाले प्रविधिमा नयाँ चिज आउँदैछ भने प्रदर्शन र वितरणमा पनि एकदमै ठूलो प्रभाव राख्दैछ । कोरोनाले जुन परिवर्तन लिएर आएको छ त्यसलाई नेपाली चलचित्र क्षेत्रले पनि फेस गर्नुपर्ने हुन्छ ।’

नेपाली चलचित्रलाई अन्तर्राष्ट्रियकरण गर्नु अहिलेको आवश्यकता रहेको उनको भनाई छ । नेपाली चलचित्रलाई अन्तर्राष्ट्रियकरण गर्न मौलिक, प्रतिस्पर्धी र गुणात्मक चलचित्र बनाउनु पर्ने उनी बताउँछन् । अब प्रतिस्पर्धी र गुणात्मक चलचित्र नसके आफहरुको अस्तित्व नरहने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu