‘जुलेबी’ गीतमा प्रदीपसँग पूजाको रोमान्स



नायिका पूजा शर्मा चलचित्रसँगै म्यूजिक भिडियोमा पनि निक्कै व्यस्त छिन् । उनले, लकडाउनपछि दर्जनौ भिडियोमा काम गरेकी छिन् । उनै, पूजाले मोडल प्रदीप लामासँग नयाँ भिडियोमा सहकार्य गरेकी छिन् ।

‘जुलेबी’ बोलको गीतकोे भिडियोमा पूजा र प्रदीपको रोमान्स हेर्न सकिन्छ । यो गीतमा अस्मिता अधिकारी र अमृत घोले लामाको स्वर, शंकर थापा ‘स्माइल’को शब्द, गणेश शाहीकोे संगीत छ ।

भिडियोमा प्रदीप लामाको कोेरियोग्राफी तथा निर्देशन, सुशान प्रजापतिको छायांकन, कृष्ण भण्डारीकोे सम्पादन छ । भिडियोमा गायक लामाको लगानी छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu