‘थर्ड आई’ मा दृष्टि दानको कथा



आशुतोष फिल्मस् प्रोडक्सनको व्यानरमा सर्ट चलचित्र ‘थर्ड आई’ बन्ने भएको छ । आशुतोष अधिकारीको निर्देशनमा बन्ने चलचित्रले विश्वमा रहेका दृष्टिविहिनहरुलाई दृष्टियुक्त व्यक्तिले मरणोपरान्त दृष्टि दान गरेमा कोही पनि दृष्टिविहिन हुन नपाउने कथा देखाउनेछ ।

लायन्स क्लब भरतपुर सप्तरंगीको सहकार्य निर्माण हुने फिल्ममा सरोज दाहाल, कमला अधिकारी, केडी प्रसिद्ध, विमल पौडेल र सुरज पोख्रेल आदि कलाकारको अभिनय रहनेछ ।

मंसीर १७ गतेबाट चितवन र पोखरामा छायांकन हुने चलचित्रमा विनोद मिश्र प्रस्तुतकर्ता, केडी प्रसिद्ध कार्यकारी निर्माता, सुजन बिसीको छायांकन, मन्दिल श्रेष्ठको सम्पादन, सुनयमान श्रेष्ठको मिक्सिङ, सम्राट थापाको पाश्र्वसंगीत, विमल लामाको संगीत तथा गायन, आरती अधिकारी आचार्यको कथा तथा रफी शाहको पटकथा र संवाद रहनेछ । चलचित्रमा दीपक अधिकारीको मुख्य सहायक निर्देशन रहनेछ ।

निर्देशक आशुतोषको यसअघिको सर्ट चलचित्र ‘हाम्रो नाता’ ले अवार्ड हात पारिसकेका छ्न । मुहुर्त कार्यक्रममा निर्देशक समाजको उपाध्यक्षको राजु अधिकारी उपस्थिति रहेको थियो ।
शर्ट मुभिमा मुर्हत शर्ट भिष्मराज फुलाराले गरेका हुन भने क्ल्याप कलाकार तथा निर्देशक शेखर खनालले गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu