करिश्माले पास गरिन् कक्षा १२



अभिनेत्री करिश्मा मानन्धर कक्षा १२ उत्तीर्ण भएकी छन् । शुक्रवार दिउँसो राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार उनी २.४१ जीपीएसहित कक्षा १२ उत्तीर्ण भएकी हुन् । आफूले सोचेको जस्तै नतिजा आएकोमा करिश्माले खुसी व्यक्त गरेकी छन् । अब उनले अध्ययनलाई निरन्तरता दिने पनि बताएकी छन् ।

कोरोना महामारीका कारण कलेजमा निरन्तर पढाई नभएकाले छोटो समयको अध्ययनको भरमा परीक्षा दिएकाले नतिजाबाट आफू पूर्ण सन्तुष्ट रहेको उनको भनाई छ । करिश्माले गोदावरीस्थित किटिनी माविबाट १२ कक्षाको परीक्षा दिएकी थिइन् । उनी स्नातक पनि सोही विद्यालयमा पढ्ने सोचमा छिन् । स्नातकमा आफूलाई ग्रामीण विकास पढ्ने इच्छा रहेको उनले बताइन् ।

१४ वर्षको उमेरमा चलचित्र ‘सन्तान’ मा अभिनेत्रीको रुपमा डेब्यू गरेपछि अध्ययनलाई निरन्तरता दिन नसकेकी करिश्मा करीब ६ वर्ष अगाडि मैतिदेवीको त्रिवेणी पब्लिक स्कूलमा कक्षा ८ मा भर्ना भएकी थिइन् । उनले एसईईसम्मको अध्ययन सोही स्कूलबाट गरिन् । उनले एसईईमा ३ जीपीए ल्याएकी थिइन् । करिश्मा ‘पढ्नलाई उमेरले रोक्दैन’ भन्ने उदाहरणकी पात्र हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu