निखिल उप्रेतीबाट ५० लाख लिएको छैन : कोपिला उप्रेती



गत भदौमा नायक निखिल उप्रेतीले जेठी श्रीमती कोपिला उप्रेतीको सम्बन्ध विच्छेद गरे । उनले भक्तपुरको नयाँ ठिमीमा रहेको घर, ५० लाख नगद र छोराको पालन-पोषणका लागि महिनाको ५० हजार दिने सर्तमा कोपिलासँग डिभोर्स गरेको चर्चा छ । तर, कोपिला उप्रेतीले आफूले निखिल उप्रेतीबाट ५० लाख नगद नलिएको स्पष्ट पारेकी छन् ।

आइतवार फेसबुकमा स्टाटस लेख्दै उनले महिनाको ५० हजार आफूले पाएको कुरामा भने सत्यता रहेको बताएकी छन् । उनले लेखेकी छन्, ‘मैले विना सम्पत्ति पति निखिल उप्रेतीजीसँग सम्बन्ध विच्छेद गरेको हुँ । यो नयाँ ठिमीको घर आजभन्दा १४ वर्षअघि नै मेरो नाममा थियो ।’

उनले अगाडि लेखेकी छन्, ‘हरेक महिनामा ५० हजार ‌मैल पाएको छु, यो सत्य ‌हो । मैले उहाँको दोस्रो सन्तानले निखिलजीको कानुनी नाम पाउन भनेर यो कठोर निर्णय लिएकी हुँ । मैले ५० लाख लिएको छैन ।’ कोपिलाले तीन दिनअघि पनि निखिलको खुसीका लागि आफूले डिभोर्स दिएको बताएकी थिइन् ।

अभिनेत्री सञ्चिता लुईंंटेलसँग दोस्रो विवाह गरेपछि निखिल १३ वर्षदेखि जेठी श्रीमतीबाट अलग बस्दै आएका थिए । कोपिलाबाट निखिलका एक छोरा छन् । कोपिलालाई निखिलले संघर्षका दिनमा विवाह गरेका थिए । भक्तपुरमा रहेको घर जेठी श्रीमतीलाई दिएपछि अहिले उनी कान्छी श्रीमतीसँग एक अपार्टमेन्टमा बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu