खडानन्द अधिकारीः समिक्षासँग गाए, शिल्पासँग नाचे



काठमाडौं। अर्जुन पोखरेलको संगीतमा रहेको ‘सलल सलल’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । इन्टरनेटमा रिलीज यो गीतमा खडानन्द अधिकारी र समिक्षा अधिकारीले स्वर दिएका छन् । सार्वजनिक भिडियोमा गायक आँफैले नायिका शिल्पा पोखरेलसँग अभिनय गरेका छन् । भिडियोका निर्देशक विधान कार्की हुन् ।

गायक तथा अभिनेता अधिकारीले यो झुमेर नाच्न सकिने लोकपप गीत रहेको बताए । उमेरले पाका अधिकारीले आफ्नो र परिवारको चाहना र विगत देखिको लगावका कारण पहिलोपटक गीत रेकर्ड गरेको बताए । उनले भने, ‘गाउन चाहि सानै उमेरदेखी गाउथेँ, विगतमा लगानी कर्चको अभावले सक्रिय हुन ‍ सकेको थिईन् । अहिले आर्थिक सफल भएपछि गीत संगीतमा केहि योगदान रहोस् भनेर गाएको हुँ’ । खडानन्द हाल अमेरिकामा बस्छन् । सन् २०१० मा अमेरिका पुगेका उनले आफ्नो त्यसअघिको जीवनकाल झापामा रहेको भुटानी शरणार्थी क्याम्पमा बिताएका थिए ।

Khadananda Adhikari, Vidhan Karki
गायक तथा मोडल खडानन्द अधिकारी

अधिकारीले आफु अब लगातार संगीतमा सक्रिय रहने जिकिर गरे । भने, ‘म अब निरन्तर गीत संगीतमै रहनेछु । अमेरिकामा बसेता पनि त्यहिँबाट काम गर्छु । नेपालको माहोल अलग्गै हुने भएर अहिले नेपाल आएको हुँ’ ।

भिडियोका निर्देशक विधान कार्कीले पहिलो पटक काम गरेको भएता पनि खडानन्दको काम अत्यन्तै राम्रो रहेको बताए । अधिकारीको पाको अनुभवले पहिलो पटक काम गरेको जस्तो नै नलागेको कार्कीले बताए ।

यो गीतका शब्द रचनाकार हरि उप्रेती हुन् ।

गीत हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu