‘सरिताको दिदी’ गीतको सफलतापछि अनिशले ल्याए ‘सिमल भुवा’



‘सरिताको दिदी’ गीतको सफलतापछि गायक अनिश ओकिलीले आफ्नै आवाज, शब्द तथा सगीतमा गीत ‘सिमल भुवा’ बजारमा ल्याएका छन् । गोपाल रसाइलीको संगीत संयोजन रहेको गीतको भिडियो निर्देशन ओरिअन टिमले गरेको हो । भिडियोको कन्सेप्ट गायक ओकिलीकै रहेको छ ।

प्रिया रानी लामा र प्रज्वल श्रेष्ठ भिडियोमा फिचर्ड छन् । भिडियोमा विकास मगरको छायांकन, सम्पादन र कलरिङ छ । अनिश ओकिली युट्युब च्यानलमा भिडियो हेर्न सकिन्छ । ३ दशक देखि साङ्गतिक क्षेत्रमा सक्रिय रहेका ओकिलीको ‘गुलाबी जाडो’, ‘झ्यालबाट हेरी’ लगायत गीतहरू चर्चित छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu