याक एण्ड यतिमा सुनिँदै छन् रामकृष्ण ढकाल



ramkrishna1

[dropcap][/dropcap]उने चैत्र ३० गते राजधानीको याक एण्ड यतिमा गायक रामकृष्ण ढकालले आफ्ना झण्डै दुई दर्जन आधुनिक तथा चलचित्र गीत गाउने भएका छन्। ‘ढकाल सुमधुर’ साँझ अन्तर्गत तेश्रो सँस्करणमा ढकाल स्टेज चढ्दैछन्। यसअघि २०५४ र ५५ सालमा राजधानीमै सुमधुर साँझका अघिल्ला दुई श्रृंखला पार भईसकेका छन्। सामन्यत दश बर्षमा आयोजना हुने यो कार्यक्रम विविध कारणले पन्ध्र बर्षमा हुन लागेको हो।

ramkrishna2

‘तेश्रो ढकाल सुमधुर साँझ’लाई ग्रिष्मा इन्टरटेन्मेण्टले आयोजना गर्दैछ। मंगलवार राजधानीको होटल शांग्रिलामा पत्रकार सम्मेलन गर्दै कार्यक्रम बारे स्पष्ट पारिएको छ। पत्रकार सम्मेलनमा बोल्दै आयोजक गृहेन्द्र घिमिरेले भारतमा एआर रहमान र लता मंगेश्करले गर्ने एकल कार्यक्रम जस्तै सभ्य र भव्य बनाउने दावी गरे। गायक ढकालले दुई दर्जन गीत गाउने बताउँदै आफुले बच्चादेखी नै संघर्ष गर्दै आईपुगेको यो स्थानलाई यो कार्यक्रमले थप मजबुत बनाउने बताए।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu