धुर्मुस-सुन्तलीको काखमा मिनी सुन्तली



धेरै नेपालीको मन मुटुमा धुर्मुस नामबाट परिचित चर्चित हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरे (सुन्तली) आजबाट आफ्नै सन्तानको अभिभावक बनेका छन । पर्दामा धेरै बालबच्चाको वुवा, आमा बनेका तथा टेलिसिरियल मार्फत चर्चामा आएको यो जोडीलाई शुक्रवार बिहान पुत्रीलाभ भएको हो ।

शुक्रवार बिहान सवा सात बजे नर्भिक अस्पतालमा (सुन्तली) कुञ्जनाले आफुहरुको पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी हुन्। अहिले आमा छोरी दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको बाबु बनेपछी प्रफुल्लित मुद्रामा देखिएका (धुर्मुस) सिताराम ले जानकारी दिएका छन् ।

dhurmus-daughter

सुगर रोगको शंका देखिएपछी करिब १५ दिन पहिले नै अस्पताल भर्ना भएकी सुन्तलीको कोखबाट सर्जरी गरेर बच्चालाई निकालिएको हो । वि.सं. २०६५ सालमा आप्नो प्रेमलाई बैवाहिक रुप दिएका यी जोडी सानोपर्दामा अत्याधिक रुचाईएका जोडीमा पर्छन । धुर्मुसले यसअघी ठुलोपर्दाका बिभिन्न चलचित्रमा अभिनय पनि गरिसकेका छन । धुर्मुस अभिनित पछिल्लो चलचित्र आउँदो चैत्र २८ बाट रिलिज हुँदैछ ।

आजको मीतीबाट आफ्नो सन्तानको अभिभावक बनेका धुर्मुस र सुन्तलीलाई ‘ठुलोपर्दा डटकम’ को तर्फबाट पनि धेरै धेरै बधाई !!

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu